Wednesday, January 20, 2021

महेन्द्रनगरमा पर्चा फाल्दै हिडिरहेका विप्लव कार्यकर्ता पक्राउ

महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरबाट प्रतिबन्धित नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–९० मटेनाका २२ वर्षीय दिपेन्द्र सिंह ऐरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

आइतवार राती ना. २८ प. ३८४५ नम्बरको मोटरसाईकल प्रयोग गरी ब्रह्रदेब हाईबे देखि महेन्द्रनगरतर्फ पर्चाहरु फाल्दै भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट प्रतिबन्धित बिप्लव समुहको एकीकृत ७ औं पार्टी पुनर्गठन दिवश भब्य रुपमा मनाऔँ’ लेखिएको र अपिल शिर्षकको पम्प्लेट समेत बरामद गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares