Wednesday, January 20, 2021

कञ्चनपुरमा एकैदिन ४ फरार अभियुक्त पक्राउ

महेन्द्रनगर ।
कञ्चनपुरमा एकै दिन ४ जना फरार अभियुक्त पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीले आइतवार विभिन्न मुद्दा लागेर फरार रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार ज्यान सम्बन्धी कसुर मुद्दामा फरार रहेका पुनर्वास नगरपालिका–८ का प्रेम क्षेत्रीलाई पक्राउ गरेको छ । उनलाई अदालतले २०७३ भदौ १३ गते ३ वर्षको कैद सजाय सुनाएको थियो ।

यस्तै बिना ईजाजत वन पैदावार हानी नोक्सानी मुद्धामा फरार रहेका बेदकोट नगरपालिका–४ बगुनका करन प्रकाश औड र राजेन्द्र दयार पक्राउ परेका छन् ।

दुवैलाई अदालले २०७६ असोज २९ गते जनही २/२ महिना कैद र ३० हजार ६ सय ९० जरिवानाको सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

यसैगरी ठगी मुद्धामा फरार रहेका भीमदत्त नगरपालिका–४ सुडाका उत्तम सिह साउँद समेत पक्राउ परेका छन् ।

उनलाई अदालतले २०७२ मंसीर ६ गते १ वर्ष कैदको सजाय सुनाएको थियो । पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares