Saturday, November 28, 2020

बलात्कार गर्ने र मिलापत्र गराउनेलाई कडा सजाय

काठमाडौं । सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानूनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ ।

आज बसेको मन्त्रिपरिषदले यौंनहिंसा विरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो । विद्यमान कानून सामाजमा घटिरहेका घटनालाई न्यूनीकरण गर्न प्रभावकारी नभएकाले त्यसलाई थप प्रभावकारी बनाउन अध्यादेश ल्याएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फले अहिले समाजमा ब्यापक रुपमा यौंनजन्य घटनाहरु घटिरहेपनि मौजुदा कानून अपर्याप्त रहेकाले संशोधन गरिएको बताउनुभयो । मन्त्री तुम्बाहाङ्फेका अनुसार बलात्कारका घटनामा संलग्नहरुको हकमा कैद सजायमा व्यापक परिवर्तन गरिएको छ । विगतमा रहेको १० वर्षमुनि र ७० वर्ष माथिको प्रावधन यथावत राख्दै १४ देखि १६ वर्षसम्मका बालिकाहरुमाथि यौंनजन्य हिंसा भएमा १२ देखि १६ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको उहाँले बतानउनुभयो । विगतमा यो १२ देखि १४ वर्ष थियो ।

उहाँले भन्नुभयो, ‘‘१६ देखि १८ वर्षसम्मकालाई हिंसा भयो भने पहिले १०—१२ वर्ष कैदको व्यवस्था थियो । तर त्यसलाई १० देखि १४ वर्षको कैद हुनुपर्छ भन्ने कुरा प्रस्ताव गरेका छौँ । १८ वर्षमाथिका कुनै पनि व्यक्तिमाथि त्यस्ता बलात्कार, जबरजस्तीकरणीका घटना भएमा कसुर ठहरिएको व्यक्तिको हकमा अहिलेको ऐनमा ७ देखि १० वर्षको कैद सजाय हुने व्यवस्था थियो । त्यसलाई परिमार्जन गरेर १० देखि १२ वर्षको कैद हुने व्यवस्था गरिएको छ । समाजमा हुने यौंनजन्य घटनाहरुलाई दुरुत्साहित गर्न सकियोस भनेर सजाय बढाइएको हो ।’’

दण्ड सजाय बढी हुँदैमा मात्रै अपराध पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने अवस्था नभएपनि न्यूनिकरण गर्न सकिने उहाँले बताउनुभयो ।

सरकारले यस्ता घटनामा मेलमिलाप गराउनेहरुलाई पनि सजायको दायरामा ल्याइएको छ । बलात्कारका घटनाहरुमा मिलापत्र गरी गुपचुप राख्न पीडकले पीडितलाई विभिन्न प्रलोभनमा पार्ने गरेकोले सजायको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

बलात्कार घटनाहरुमा कुनै पनि हालतमा मेलमिलाप गर्न नपाइने गरी संशोधन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पीडित पक्ष, उसको परिवारलाई प्रभावमा पारेर उजुरी नगर भन्ने अवस्थासम्ममा पु¥याउने गरेका घटना हामीले देखेका छौँ । त्यसैले त्यस्ता घटना नघटुन कम्तिमा पीडित पक्षले न्याय पाउन सकुन, न्याय पाउने ठाउँमा पुग्न सकुन भनेर मेलमिलाप गराउनु हुन्न भन्ने कुरा समेटिएको छ । यदि कसैले त्यस्तो गरेको पाइए दण्ड सजायको व्यवस्था गरिएको छ । मेलमिलापमा संलग्नलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।’’

सरकारले जेष्ठ नागरिक सम्बन्धि ऐन २०७३ पनि परिमार्जन गरेको छ । ऐनमा जेष्ठ नागरिकलाई मुद्दा चलेमा उसको उमेर कसुर हेरेर २५ देखि ७५ प्रतिशत सजाय छुट दिने र कैद मिनाहा गर्ने प्रावधान थियो । अब अहिलेको कानूनले त्यसलाई हटाएको छ । जेष्ठ नागरिकले १८ वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरेमा वा बलात्कार प्रयास गरेमा आजीवन कारावासको व्यवस्था गरिएको मन्त्री तुम्बाहाङ्फेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जेष्ठ नागरिकले जवरजस्ती करणी सम्बन्धि कसुर गरेको अवस्थामा, तेजाब प्रयोग गरी ज्यान मारेको, अंगभंग गरेको, शारीरिक क्षति पु¥याएको कसुर, भ्रष्टाचार, सम्पत्ति सुद्विकरण वा लागु औषध कारोबारको कसुर तथा आजीवन कैद बस्ने गरि सजाय हुने कसुरमा जेष्ठ नागरिकलाई यस प्रकारको छुट नुहने व्यवस्था गरिएको छ । जसको कारण जेष्ठ नागरिकले बालिकालाई करणी गरेर छुटकरा पाउने अवस्था हुने छैन् । हाम्रा बाजेहरुले पनि साना साना नानीहरुलाई करणी गरेको अवस्था छ भने आजीवन काराबासमा बस्नुपर्ने कुरा अहिलेको अध्यादेशमा समावेश गरिएको छ । ’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

काठमाडौं । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्...
विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद...
महेन्द्रनगर । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको...
महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...

खरको छानामुक्त गाउँपालिका अभियान

विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले...

बैतडीको सिगासमा १ तोला सुनमा बलात्कार घटना मिलापत्र !

महेन्द्रनगर । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश...

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु...

फेरि छाउगोठमै बास

अछाम । अछाममा फेरि छाउगोठ बन्न थालेका छन् । कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका–३...