Saturday, November 28, 2020

शिक्षण सिकाई सहयोग अनुदानको बजेट अझै निकासा भएन, शिक्षकहरु आन्दोलित

महेन्द्रनगर ।
कञ्चनपुरका सामुदायिक विद्यालयमा शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरु अनुदानको बजेट निकासा नहुँदा आन्दोलित भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत स्थानीय तह हुँदै विद्यालयको खातामा अनुदानको रकम अघिल्लो आर्थिक वर्षको बजेटबाट चालु शैक्षिक सत्रको लागि असार मसान्तभित्र एकमुष्ट रुपमा निकासा हुने गरेको छ ।

तर चालु आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा उक्त अनुदानको रकम विनियोजन भइसक्दा पनि अहिलेसम्म निकासा नभएकाले शिक्षकहरु आन्दोलित भएका हुन् ।

आइतवार जिल्लास्थित सामुदायिक विद्यालयमा माध्यमिक तथा आधारभूत तहमा शिक्षण सिकाई सहयोग अनुदान अन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित बिषयका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय ईकाइ कञ्चनपुरमा तालाबन्दी गरेका छन् ।

अनुदानका लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको ८ महिना बितिसक्दा पनि निकासा नहुँदा शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख भरतबाबु सुवेदीको कार्यकक्षमा तालाबन्दी गरिएको शिक्षण सिकाई सहयोग अनुदान शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष बलविर सिंह भण्डारीले बताए

। ‘बजेट निकासा नहुँदा तलब पाएका छैनौँ । दशैँ–तिहारमा संगैका सहकर्मीले तलब पाए तर हामीले रित्तो हात बस्नु प¥यो ।’ अध्यक्ष भण्डारीले भने, ‘कोरोनाले शैक्षिक क्षेत्र संकटमा रहेका बेला अनुदानको रकम अड्काएर शिक्षकहरुलाई अन्योलमा राखी विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने कार्य भइरहेको छ ।’

अनुदानको रकम निकासाका लागि स्थानीय तह, शिक्षा विकास तथा समन्वय ईकाइ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले आन्दोलनमा होमिन परेको उनले बताए ।

शैक्षिक सत्रको ८ महिना पुगिसक्दा पनि शिक्षण सिकाई सहयोग अनुदान बारे कुनै पनि किसिमको आधिकारिक सूचना समेत सम्बन्धित निकायबाट नआएको शिक्षकहरुको भनाई छ ।

शैक्षिक सत्र २०७७ भरीको तलब भत्ता तत्काल उपलब्ध गराउनु पर्ने, शिक्षण सिकाई सहयोग अनुदानमा विगतदेखि कार्यरत शिक्षकहरुलाई नै निरन्तरता दिइनु पर्ने र दरबन्दी मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाई विस्थापित गर्न नहुने र शिक्षण सिकाई सहयोग अनुदान कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुलाई पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनु पर्ने लगायत माग शिक्षकहरुले अगाडि सारेका छन् ।

आफूहरुका माग वेवास्ता गर्न खोजिएमा कडा भन्दा कडा कदम चाल्ने शिक्षकहरुको चेतावनी समेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा एकजना मृत अवस्थामा फेला परेका छन् । शनिबार चटकपुरस्थित राना टोलका अन्दाजी १८ वर्षिया...
महेन्द्रनगर । कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जिल्लाको भीमदत्त नगरपालिका–२ महुलियामा...
काठमाडौं । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्...
विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद...

कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जिल्लाको भीमदत्त नगरपालिका–२ महुलियामा सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की...

नेकपा सचिवालय बैठक आज: के आउला ओलीको प्रस्तावमा ?

काठमाडौं । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको...

खरको छानामुक्त गाउँपालिका अभियान

विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले...

बैतडीको सिगासमा १ तोला सुनमा बलात्कार घटना मिलापत्र !

महेन्द्रनगर । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु...

फेरि छाउगोठमै बास

अछाम । अछाममा फेरि छाउगोठ बन्न थालेका छन् । कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका–३...