Saturday, November 28, 2020

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ ।

सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो । जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताए ।

लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताए । साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नं वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् ।

वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु बस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताए ।

स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार शुरु गरेको हो । दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । शुक्रबार राती १० बजे जिल्लाको भीमदत्त नगरपालिका–२ महुलियामा...
काठमाडौं । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्...
विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद...
महेन्द्रनगर । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको...

नेकपा सचिवालय बैठक आज: के आउला ओलीको प्रस्तावमा ?

काठमाडौं । सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको...

खरको छानामुक्त गाउँपालिका अभियान

विमलबहादुर विष्ट डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाले गाउँलाई खरको छानामुक्त बनाउने अभियान सुरु गरेको छ । रकम अभावमा जस्तापाता खरिद गर्न नसकेर खर तथा परालले...

बैतडीको सिगासमा १ तोला सुनमा बलात्कार घटना मिलापत्र !

महेन्द्रनगर । बलात्कार जस्तो जघन्य अपराधमा समेत मिलापत्र हुन थालेपछि सरकारले मिलापत्र गराउनेहरुलाई अपराध कानुनको दायरामा ल्याउन गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्बाट पास भएको अध्यादेश...

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

तिहार सकिएलगत्तै भारत जानेको लर्को, कञ्चनपुरका दुई नाकाबाट एक सातामै १० हजार बाहिरिए

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको छ । कोरोनाको डरले घर फर्किएहरु...

फेरि छाउगोठमै बास

अछाम । अछाममा फेरि छाउगोठ बन्न थालेका छन् । कोरोनाको महामारीसँगै छाउगोठ पनि बन्न थालेका छन् । गत मंसिर १५ गते राती साँफेबगर नगरपालिका–३...