Wednesday, November 25, 2020

भीमदत्त नगरपालिकामा बहुप्रादेशिक शिक्षालय सञ्चालन गरिदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय संचालन गर्ने भएको छ । भीनपा र महाकाली अस्पतालको साझेदारीमा स्थापित महाकाली बहुप्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटीई)बाट कक्षा संचालनका लागि अनुमति पाएको छ ।

शनिबार एक कार्यक्रमका विच शिक्षा विज्ञान तथा प्राविधिमन्त्री गिरिराजमणी पोखरेलका सल्लाहकार जिवन गौतमले प्राविधिक शिक्षालयका कक्षा संचालनका लागि भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली उप प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) लाई अनुमति पत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्रालयले भीमदत्त नगरपालिका जस्तै देशभरीका सबै पालिमा प्राविधिक शिक्षा पठन पाठनका लागि खाका तयार पारेको गौतमले बताए । ‘डिप्लोमा स्तरको प्राविधिक शिक्षा पालिकाले समेत संचालन गरे, शिक्षा व्यवसायिक र सीपमुलक हुन्छ, ’उनले भने, ‘यसबाट आवश्यक जनशक्ति र रोजगारी सृजना हुन्छ ।’

महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सिटिईभिटिईबाट बहुप्राविधिक शिक्षालयले अनुमति पाएसंगै यस क्षेत्रको शैक्षिक विकास हुने बताए । ‘यसबाट एक क्षेत्र मात्र नभई बहुक्षेत्र लाभान्वित हुन्छन, ‘उनले भने, ‘दक्ष स्वास्थ्य जनशक्तिबाट सेवा विस्तार हुन्छ ।’

अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले यस अघि निजी कलेजमा बढि शुल्क लिएर अध्ययनरत विद्यार्थीलाई सहुलियत हुने बताए । ‘सरकारले प्राविधिक शिक्षालाई समेत सरकारीकरण गर्दै छ, त्यो, राम्रो काम पनि हो, ‘उनले भने, ‘यसबाट विद्यार्थी बढि लाभान्वित हुन्छन ।’

त्यस्तै सिटिईभिटीईले प्रमाण पत्र तहका सात विषयका कार्यक्रम संचालन गर्न, भौतिक समाग्रंी तथा मेशिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रम बजोमि गुणस्तरिय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।

भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्टले शिक्षालयले अनुमति पाएसंगै कक्षा संचालनका लागि आवश्यक प्रकृया अघि बढाईने बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टका अनुसार प्रमाण पत्र तहका नर्सिङ्ग, समान्य चिकित्सा, मेडिक ल्याब टेक्नोलोजी, डेन्टल साईन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साईन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा संचालन हुने छन् ।

सातै विषयमा ४० का दरले २ सय ८० विद्यार्थीले अध्ययन गर्न पाउने नगरपालिकाल जनाएको छ ।

भीमदत्त नगरपालिकाले बहुप्राविधिक शिक्षालय संचालन गरेसंगै यस क्षेत्रका स्थानीय हर्षित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...