Wednesday, November 25, 2020

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर ।
स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ ।

सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र सेभ दि चिल्ड्रेन युएस ग्लोबल फन्डको आर्थिक तथा प्राबिधिक सहयोगमा ४ मंसिरदेखि तालिम सुरु भएको हो ।

नेपालबाट क्षयरोग अन्त्यका गर्नमा तालिम सहयोगी हुने स्वास्थ्य निर्देशनालय राजपुर डोटीका क्षयकुष्ठ निरीक्षक मनोज प्रसाद ओझाले बताए । उनका अनुसार तालिम ८ मंसिरसम्म सञ्चालन हुने छ । सन् २०३० सम्ममा नेपालबाट क्षयरोग अन्त्य गर्ने योजन लक्ष्य छ ।

यहि रणनीतिअनुसार काम गर्दै जादा क्षयरोगका हरेक बिरामीको इलेक्ट्रोनिक रजिस्ट्रेसन हुन जरुरी रहेको र सोहि उद्देश्य पुरा गर्न तालिम आयोजना गरिएको सेभ दि चिल्ड्रेन युएस ग्लोबल फन्डका कार्यक्रम अधिकृत प्रकाश चन्द्र लेखकले बताए ।

संघीयता कार्यान्वयन पछी जिल्लामा अवस्थित स्वास्थ्य कार्यालयहरुको संरचना फेरबदल भएको र बिगतमा जस्तो क्षयरोगका लागि काम गर्ने छुट्टै फोकल पर्सन नभएको हुनाले हाल स्वास्थ्य कार्यालयमा बिभिन्न विधाका स्वास्थ्यकर्मीहरु काम गरिरहेकाले उनीहरुलाई तालिम दिएर क्षमता अभिवृद्धि गर्ने तयारी स्वरुप तालिम आयोजना गरिएको हो ।

कुनै पनि क्षयरोगबाट प्रभावित बिरामीले कम्तिमा ६ महिना औषधी खानु पर्ने हुन्छ । औषधी खाइ रहेकै बेला २ महिना, ५ महिना र अन्त्यमा ६ः महिना गरि कम्तिमा ३ पटक खकार जाँच गर्नु पर्ने हुन्छ ।

यसरी नियमित रुपमा खकार जाँच गर्न छुटाउने बिरामीहरुलाई समेत यस तालिमको माध्यमबाट ‘ट्रयाकिङ’ समेत गर्न सकिने छ ।

हाल क्षयरोग नियन्त्रण कार्यक्रमले सन् २०१५ को तुलना मा सन् २०२० सम्ममा २० प्रतिशतले बिरामी दर घटाउने र थप लुकेर बसेका २० हजार बिरामी पत्ता लगाउने समेत लक्ष्य लिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनले भर्चुअल बिधि प्रयोग गरि सहभागीहरुलाई हाल विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पनि सुदूरपश्चिम प्रदेशले क्षयरोगका बिरामीहरुलाई दिनु पर्ने सेवामा कमी नगरेको बताए ।

यस्तै स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले तालिमको सफलताको शुभकामना दिएका थिए । उनले तालिममा सहभागीहरुलाई प्रदेशबाट क्षयरोग अन्त्यको लागि काम गर्नु पर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...