Wednesday, November 25, 2020

भाईटीकाकै दिन गड्डाचौकी र गौरीफन्टा नाकाबाट झन्डै ३ सय नेपाली भारत छिरे

महेन्द्रनगर । विगतका वर्षहरुमा प्रमुख चाड तिहारको अवसर पारी प्राय रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने गर्थे । तर यो वर्ष भने तिहारका दिनमा पनि रोजगारीका लागि भारत जानेहरुको संख्यामा कमी आएन ।

सुदूरपश्चिमका प्रमुख दुई नाका गौरीफन्टा र गड्डाचौकी नाका भएर भाईटीकाकै दिन झन्डै ३ सय नेपाली रोजगारीका लागि भारत छिरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार मंसिर १ गते अर्थात भाईटीकाका दिन गड्डाचौकी नाका भएर २० महिला,४१ पुरुष,९ जना बालवालिका गरि जम्मा ७० जना र गौरीफन्टा नाका भएर ४८ जना महिला,१ सय ६ जना पुरुष,४० जना बालवालिका गरी जम्मा १ सय ९६ जना नेपाली भारत छिरेका छन् ।

यो वर्ष दशैँ–तिहारमा पनि भारत जानेको लर्को अरु दिनको जस्तै रहेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) राम बहादुर बमले बताए । उनका अनुसार कर्णाली प्रदेशकाका विभिन्न जिल्लासँगै, बाँके, बर्दिया, र सुदूरपश्चिमका कैलाली,कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ कम्तिमा पनि ६०/७० जना भारत पसिरहेका छन् । ‘गड्डाचौकी नाका भएर भाईटीकाको दिनमा मात्रै झन्डै ७० जना नेपाली भारत छिरे ।’ सई थापाले भने, ‘अरु बेला दशैँ तिहारमा भारतबाट स्वदेश फर्किने बढी हुन्थ्ये तर यो वर्ष भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’

कोरोना संक्रमणका कारण भारत तथा तेस्रो मुलुकबाट फर्किएका युवा जनशक्तिहरुलाई स्वदेशमै रोजगार बनाउने किसिमले सरकारले सम्बोधन गर्न नसक्दा दशैँ–तिहारलाई त्यागेर युवाहरु पुनः भारततर्फ जानु परेको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंग बहादुर मल्लले बताए ।

तीनै तहका सरकारले मानव श्रमशक्तिलाई अवसरमा बदल्न नसकेको उनकोे टिप्पणी छ । ‘ठूलो जनशक्ति स्वदेश भित्रिएको थियो । तर सरकारले सीपमूलक रोजगारको सृजना गर्न सकेन ।

सरकारले केही रणनीतिक योजना नै ल्याएन,’ उनले भने ‘त्यसैले जहाँबाट जनशक्ति आएका थिए, त्यही जान युवाहरु बाध्य भएका छन् ।’ स्थानीय, प्रदेश र संघीय सरकारले भारतबाट स्वदेश आएका युवा जनशक्तिका लागि रोजगारी सृजना गर्ने कुनै ठोस योजना ल्याएको छैन ।

जसले गर्दा स्वदेशमै रोजगारीविहिन भएर जीविकोपार्जन गर्नै धौ–धौ परे पछि दशैँ तिहारको माया मारेर कामको खोजीमा भारत जानु पर्ने बाध्यता सृजना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...