Friday, May 7, 2021

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा
देउलेख ।
बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ ।

नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो ।

नेता खड्काका बुवा गन्जे खड्काको ८२ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

‘भाई टीकाको दिन टीका लगाएर एक्कासी बेहोस हुनु भयो ।’ पारिवारिक स्रोतले भन्यो, ‘त्यस पछि केही समय पछि होस आयो । त्यहीँ दिनदेखि एक्कासी बिरामी हुनुभएको थियो । बुधवार दिउँसो त प्राण त्याग्नु भयो ।’

मृतक खड्काका दुई छोरा छन् । दुवै छोरा नेपाली काँग्रेसको बझाङ क्षेत्र नम्बर (ख)मा संक्रिय राजनीतिमा आबद्ध छन् ।

अधिवक्ता समेत रहेका धन बहादुर नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति हुन भने उनका भाई नरेश खड्का सदस्य हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ६० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका दुई र दोधारा–चाँदनी नगरपालिकाका एक संक्रमितको...

लोकप्रिय

Shares