Wednesday, November 25, 2020

वाणी दुर्घटनाः भाईटीकाकैै दिन जस्को खुसी खोसियो !

बन्साहका उत्तम धानुकः बिहान भाई टीका लगाए, दिउँसो दुर्घटनामा परे

महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तम धानुकले सोमवार भाइटीकाको साइतमै आफ्नो बहिनीबाट टीका ग्रहण गरे ।

कोरोना महामारीकैबीच भए पनि विभिन्न कारणले टाढिएका दिदिबहिनीको जमघटले उत्तमको परिवारमा हर्षोल्लास छाएको थियो । तर उत्तमको परिवारको त्यो खुसी क्षण भरमै खोसियो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीमा सोमवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमको निधन भएको छ ।

उनी प्रहरी सहायक निरीक्षक (असई)ले चलाइरहेको ०१–००८ प २८९ नम्बरको मोटरसाइकलको ठक्करले घाइते भएका थिए ।

प्रहरीका अनुसार थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमवार राती उनको बाटैमै मृत्यु भएको हो ।

म १ प ७८२३ नम्बरको मोटरसाइकलमा घरबाट अत्तरियातर्फ गइरहेका बेला उत्तम दुर्घटनामा परे ।  भाइटीकाकै दिन सवारी दुर्घटनामा परी निधन हुँदा परिवार अहिले शोकमय छ ।

‘चाडबाडकै दिन अभिभावक गुमाउँदा परिवारको खुसी खोसिएको छ । परिवार शोकमा छ ।’ शुक्लाफाँटा नगरपालिका–१ का वडाध्यक्ष हरिश बिष्टले भने ।

उनका अनुसार मृतक बहिनीको हातबाट टीका ग्रहण गरे पछि ‘भदई साली’ नाता पर्ने सुनिता बिष्टलाई अत्तरिया छोड्न गइरहेका थिए ।

शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी ‘साली’ नाता पर्ने सुनिता भाईटीका लगाउन अत्तरिया जादै थिइन । यद्यपी मोटरसाइकल दुर्घटनामा परेरा उनी अस्पतालको शैय्यामा पुगेकी छन् ।

सो दुर्घटनामा सरिता र जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धिर बहादुर बिष्ट पनि घाइते भएका छन् । उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

असई बिष्ट टीकाका लागि शुक्लाफाँटा नगरपालिका–१२ कालागौढी घर आउँदै थिए ।

मृतक धानुकको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । वडाध्यक्ष बिष्टका अनुसार मृतक धानुकका स–साना दुई छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...