Sunday, April 18, 2021

बैतडी शोकमयः फेरी ट्याक्टर दुर्घटना, चालकको मृत्यु

महेन्द्रनगर ।
बैतडीको पाटन नगरपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको बारबर्दिया नगरपालिका– ८ का ३० बर्षीय खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तराईबाट दार्चुलातर्फ गइरहेको लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares