Wednesday, November 25, 2020

बैतडीको खोड्पेमा बस दुर्घटना कसरी भयो ? यस्तो छ घाइते र चालकको बयान !

मृतक ९ जनाकै सनाखत

महेन्द्रनगर ।
अछामकोे चौरपाटी गाउँपालिका–४ का २६ वर्षीय अमृत कुमाल पेशाले ‘ड्राइभर’ हुन । उनी दार्चुलामा स्काभेटर चलाउँथे । दीपावलीमा अछाम घर जानका लागि बिहिवार साँझतिर अमृत महेन्द्रनगर आउने पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस चढे ।

डडेल्धुरास्थित स्याउलेबाट अछाम जाने गाडी चढेर घर जाने योजना साथ बस चढेका उनी घर पुग्न पाएनन् । बरु अस्पतालको शैयामा पुगेका छन् । अमृतको जस्तै विभिन्न गन्तव्य पुग्नका लागि ४३ जना यात्रुले भरिएको बस बिहिवार राती साढे १० बजेतिर बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा दुर्घटनामा प-यो ।

सडकबाट ६ सय मिटर तल खसेको बसमा सवार ४३ जनामध्ये ९ जनाले ज्यान गुमाए । अन्य ३४ जना घाइते भएका छन् । बस दुर्घटनामा परी घाइते भएका अमृतको टाउको, कम्मर र छातीको चोट लागेको छ । उनी पनि डडेल्धुरा अस्पतालमा उपचाररत छन् । ब्रिगेको गाडी जबरजस्ती चलाउँदा दुर्घटना भएको अमृत बताउँछन् ।

‘गाडीमा सुरुदेखि नै समस्या थियो । गुरुले टायरमा गन्ध आउँदैछ भनेर बिचमा रोक्दै चलाउँदै गर्दै हुनुहुन्थ्यो । उकालोमा धौ धौँ गरेर गाडी हिड्दै थियो ।’ अमृतले दैनिक सञ्चारसंग भने, ‘गाडी राम्रोसंग बनाएर चलाउनु भन्यौँ तर उहाँले मान्नु भएन । केही हुदैन भनेर चलाएको केही समय पछि त गाडी अचानक फन्नक घुमेको जस्तो लाग्यो । मोड काटेको सोचेको थिएँ । तर गल्ड्याङ–गुल्डुग गर्दै सबै यात्रु तितरवितर भयौँ ।’ उनले अगाडि थपे, ‘कोही यात्रु निधाएका थिए, कोही निधाएका थिएनन् । गाडी चार पाँच पटक पल्टेपछि हामीहरु चिच्याउन थाल्यौँ ।’

पाटन नगरपालिका–८ खोड्पेमा बस पल्टिनु केहीअघि पनि उक्त गाडी दुर्घटना हुनबाट जोगिएको उनले सुनाए ।

मृतक ९ जनाकै सनाखत
दुर्घटनामा परी ज्यान गुमाएका ९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए ।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का र्तकराज गिरी रहेका छन् ।

प्रहरीका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि दुर्घटना परी मृत्यु भएको छ ।

दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । प्रहरीका अनुसार गम्भिर घाइते २० जनालाई डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको छ । बाँकी सामान्य घाइते १४ जना भने डिस्चार्ज भएका छन् ।

के भन्छ प्रहरी ?
बस दुर्घटनाको यकिन कारण अझै खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंह बताउँछन् ।

‘यात्रुहरुले गाडी बिग्रिएकाले दुर्घटना भएको बनिरहेका छन् । दुर्घटना हुनु अगाडि धुवा बढि फालेर गाडीमा समस्या आए पछि चालकले चेक गरेका दपाइएको छ ।’ एसएसपी सिंहले भने, ‘तर चालकले घुम्ती बाटो भएकाले स्ट्रेरिङ अनियन्त्रित भएर दुर्घटना भएको भनिरहेका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...