Sunday, April 18, 2021

बैतडी बस दुर्घटनाः मृतक, घाइते र रेफरहरुको पूर्ण विवरण

महेन्द्रनगर ।
बिहिवार राती बैतडीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

‘८ जनाको घटनास्थलमै ज्यान गएको हो । थप एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।’ डिएसपी अधिकारीले भने । उनका अनुसार ३४ जना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

डडेल्धुरा अस्पतालमा घाइतेहरुमध्ये ८ जनाको अवस्था गम्भिर रहेकाले रेफर गर्ने तयारी भइरहको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस खोड्पेमा बिहीबार राति साढे १० बजेतिर दुर्घटना भएको हो ।

बस सडकभन्दा झण्डै ६ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरुको प्रहरी र स्थानीयले राती नै उद्धार गरी अस्पताल पु-याएका थिए ।

घाइतेहरु
१.बैतडीको दोगडाकेदार–७ का बिरेन्द्र कार्की
२.कञ्चनपुरको बेलौरी नगरपालिका–७ का बिमला कुँवर
३. कञ्चनपुरको बेलौरी नगरपालिका–७ का निवेश ऐर
४. कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की दीपा चन्द
५. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बिमला बडू
६. कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी
७. बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक
८. दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री
९. दार्चुलाको मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह
१०. बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा
११. अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल
१२.कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी
१३.कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत
१४.बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार
१५.कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी
१६.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी
१७.बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक
१८.कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी
१९.दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा
२०. कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी
२१.कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद
२२.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की
२३.कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का कौशल साउँद

डडेल्धुरा अस्पताबाट रेफर भएकाहरु
१. बिरेन्द्र घर्तिमगर
२. बिरेन्द्र चौधरी
३. सुरज बिक
४. लोकेन्द्र बोहरा
५. पूर्ण टमटा
६. संगीता बिक
७. दशरथ गिरी
८. बिरेन्द्र कार्की
९. धन सिंह खत्री
१०. कल्पना कार्की र उनका डेढ वर्षको छोरा ।
मृत्यु
१. कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की ।

स्रोतः डडेल्धुरा अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कैलालीमा १० दिन विद्यालय बन्द गर्ने निर्णय

धनगढी । कैलालीका विद्यालय १० दिन विद्यालय बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीको जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले कोभिडलाई मध्यनजर गर्दै कैलालीमा आगामी...

लोकप्रिय

Shares