Wednesday, November 25, 2020

भीनपाले ३९ लाखमा किनेको पीसीआर मेसिन तीन महिनादेखि मेसिन नगरपालिकामा थन्कियो

महेन्द्रनगर ।
कोरोना परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको आरटीपीसीआर मेसिन सञ्चालनमा ढिलाई भएको छ । झण्डै तीन महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको थियो ।

तर मेसिन खरिदको तीन महिना बित्दै लाग्दा पनि अझै मेसिन जडान हुन नसक्दा नगरपालिकामै थन्किएको हो । भीमदत्त नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाख रुपैयाँमा मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको थियो । नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिए पनि अस्पतालले ल्याब सञ्चालनमा ढिलाई गरिरहेको हो ।

‘पीसीआर मेसिन सञ्चालन गर्ने सवालमा यहाँका अन्य स्थानीय तह र प्रशासनसँग छलफल भएको थियो । त्यसमा हामीले मेसिन खरिद गर्ने भनेका थियौँ । त्यसै अनुसार मेसिन खरिद गरेका छौँ’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘अस्पताल र प्रदेशले अन्य व्यवस्थापन गर्ने भनिएको थियो ।

तर सञ्चालनमा आउन सकेको छैन ।’ उनका अनुसार मेसिन अस्पताललाई हस्तान्तरण गरिएको र छिटो सञ्चालनमा ल्याउन पहल भइरहेको छ । उता महाकाली अस्पतालले सार्वजनिक खरिद कार्यालयबाट कागज प्राप्त गर्नमा ढिलाई भएकाले केही दिनयता अन्य प्रक्रिया अगाडि बढ्न नसकेको जनाएको छ । ‘सार्वजनिक खरिद कार्यालयबाट कागज पाउन ढिलाई भयो । त्यसैले अन्य प्रक्रिया अगाडि बढाउन सकिएन ।

आज कागज प्राप्त भएका छन् ।’ अस्पतालका स्टोर प्रमुख तिलक जोशीले भने, ‘प्रारम्भिक मूल्याङ्क हुदैछ । यस पछि प्रावधिक मूल्याङ्कका लागि इन्जिनियरहरु आउँछन् ।’ उनका अनुसार ल्याब सञ्चालनका लागि आवश्यक पर्ने अन्य उपकरण ल्याउन अझै दुई साता बढि समय लाग्न सक्ने छ ।

अस्पतालको कुरुवा घरमा बनाउन लागिएको ल्याब तिहार पछि प्रयोगमा आउने अस्पताल प्रशासनको दाबी छ । अस्पतालले ल्याबका लागि आवश्यक पर्ने पीसीआर क्वाबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माईक्रोसेन्टिफ्युज उपकरण खरिद गर्न ८२ लाखकोे टेण्डर आह्वान गरेको छ ।

महाकाली अस्पतालले पीसीआर ल्याब सञ्चालनका लागि ११ जना नयाँ कर्मचारी भर्ना गरेको छ । अस्पतालका अनुसार बिएमएलटी ४ जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्नेसियन २ जना र स्वीपर ४ जना भर्ना गरिएका हुन् । तर उनीहरुको तलब कस्ले दिने भन्ने बारे भने अझै यकिन हुन नसकेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...