Wednesday, November 25, 2020

कञ्चनपुरमा किशोर–किशोरी मृत्यु प्रकरणः ओलालीबाट किन पुगे मालुवेला जंगल ?

महेन्द्रनगर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा दुई जनाको शव भेटिएको छ । शनिबार बिहान मालुमेलास्थित जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृत फेला पर्नेमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउद रहेका छन् । गत असोज २८ गतेदेखि बेपत्ता रहेका उनीहरुको स्थानीयले शनिबार बिहान जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दुई साता अघिदेखि परिवारको सम्पर्कमा नआएका ती दुई किशोर–किशोरीले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले शव नजिकै विषादीको बट्टा पनि फेला परेको जानकारी दिए ।

‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’ प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।’

गोदावरी नगरपालिका–११ ओलालीस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० अध्ययरत ती केटाकेटीहरुको उठ्बस बढि रहेकाले दुवैबिच प्रेम सम्बन्धको आशंका पनि गरिएको छ ।

एकै गाउँका उनीहरु हराएको दुई दिन पछि अर्थात असोज ३० गते परिवारका सदस्यले खोजतलासका लागि प्रहरी चौकी ओलालीमा निवेदन दिएका थिए ।

बेपत्ता भएको दुई साता पछि शनिवार बिहान कृष्णपुर नगरपालिका–४ स्थित मालुमेला सामुदायिक वनमा सडेको अवस्थामा उनीहरुको शव भेटिएको हो ।

घटनास्थल मानवबस्तीबाट झण्डै ४ किलोमिटर उत्तरीतर्फ छ । मेलापातका लागि जंगल भएका स्थानीयहरुले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

‘पुरुषको शव पूर्ण रुपमा सडेर गलेको छ । महिलाको आशिंक सडेको छ ।’ ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले भने, ‘नजिकै सेल्फास र बोमिट गरेजस्तो पाइएको छ ।’

शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...
महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

बैतडीमा गौहत्या अभियोगमा पक्राउ परेकाको बयानले प्रहरी चकित !

महेन्द्रनगर । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चाेडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् । गत मंसिर ५ गते पुर्चाैडी...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...