Wednesday, November 25, 2020

दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह नबन्ने भएपछि सांसद भट्टले मागे माफी !

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकाको दोधारा–चाँदनीस्थित कञ्जभोजमा बन्ने भनिएको सुक्खा बन्दरगाह सो क्षेत्रमा नबन्ने भए पछि नेताहरुले माफी मागेका छन् ।

आइतवार दोधारा–चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थान घोषणा कार्यक्रममा बोल्दै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्टले कञ्जभोजमा बन्ने भनिएको बन्दरगाह त्यहाँ नबन्ने भए पछि त्यस क्षेत्रका नागरिकसंग माफी मागेका हुन् ।

‘कहिकतै सुक्खा बन्दरगाह कञ्जभोजमा बनाउने बारम्बार भनिएको कुराले यदी त्यस भेगका जनतामा चोट पर्न गएको छ भने हामी माफी माग्न चाहन्छौँ ।’ सांसद भट्टले भने, ‘घोषित रुपमा त्यहाँ बनाउँने भनेका थियौँ । तेस्रो बिकल्पका रुपमा थियो । त्यहीँ बनाउन हाम्रा प्रयासहरु जारी थिए तर बनाउन सकेनौँ ।’

दोधारा चाँदनीको कञ्जभोजमा बन्ने भनिएको सुक्खा बन्दरगाह गौरी शंकर सामुदायिक वनमा बनाइने तयारी अघि बढाइएको छ । भारतले चक्रपुर हुँदै गडीकोटको भैसाभोज हुँदै पहुँच मार्ग (कनेक्टिभी) दिने भएपछि माहाकाली नगरपालिका–१ को गौरी सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाहका लागि प्रक्रिया अघि बढाइएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतवार सो क्षेत्रमा सुक्खा बन्दरगाह बन्ने स्थान घोषणा गर्ने कार्यक्रम रहेको छ । मन्त्री भट्टले घोषणा गरेको १० वर्षपछि गौरी शंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउने तयारी गरेका हुन् ।

सरकारले विसं २०६६ मा सुक्खा बन्दरगाह घोषणा गरे पनि कञ्चनभोजसहित गौरी शंकर सामुदायिक वन सहितका तीन स्थानमा छलफल केन्द्रित गरिएको थियो । यस क्षेत्रका जनप्रतिनिधिहरुका अनुसार सुक्खा बन्दरगाहका लागि भारतको कनेक्टिभिटी आवश्यक भएकाले त्यसै अनुसार छलफल गरी सुक्खा बन्दरगाहको स्थान टुङ्गो लगाइने धारणा अघि सारिएको थियो ।

कञ्चनपुर क्षेत्र नं. ३ का सांसद डा. दिपक प्रकाश भट्टले भारतीय कनेक्टिभिटी सहितका अन्य कारणले कञ्चनभोजबाट गौरी शंकर सामुदायिक वनमा सुक्खा बन्दरगाह बनाउनुपर्ने विकल्प अघि सारिएको बताए ।

‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने भएपछि कञ्चनभोज, गौरी शंकर सामुदायिक वन र अर्को क्षेत्र गरी तीन ओटा विकल्प अघि सारिएका थिए, त्यसमा पनि गौरी शंकर पहिलो नम्बरमा नै थियो’ साँसद भट्टले भने,‘अब भारतले पनि गौरीशंकरलाई नै कनेक्टिभिटी दिने भएपछि यसमा विकल्पका रुपमा अघि बढेको छ, त्यसका लागि तयारी अघि सारिएको छ ।’

बन्दरगाह कञ्जभोजमा बनाउँदा आर्थिक भार बढि पर्ने उनको भनाई छ ।

यो पनिः ‘ड्रिम’ सुक्खा बन्दरगाहः कञ्जभोजबाट यसरी पुग्यो गौरी शंकर सामुदायिक वन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...