Wednesday, November 25, 2020

बैतडीमा मदिरा सेवनले समाजमा विकृति मौलाउँदै

बैतडी ।
मादक पदार्थ सेवनका कारण पछिल्लो समय समाजमा विकृति मौलाउँदै गएको छ। मदिरा सेवनका कारण बैतडीमा सामाजिक अपराध र घरेलु हिंसाका घटनाहरू वृद्धि हुन थालेको हो । गाउँ(गाउँमा अवैध मदिरा बेचबिखन गर्दा विभिन्न अपराधिक घटना बढेका प्रहरीले जनाएको छ।

मदिराका कारण कुटपिट, झै(झगडा, घरेलु हिंसाका साथै ज्यानै जाने खालका घटनाहरू समेत हुन थालेका छन्। पछिल्लो समयमा विभिन्न ठाउँमा मदिराका कारण हुने घटनाहरूमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकसिंह धामीले जानकारी दिए।

उनका अनुसार मदिराकै कारण केहीदिनअघि कुटपिट भएपछि पञ्चेश्वर(३ का एक युवकको ज्यान समेत गएको छ भने विभिन्न ठाउँमा कुटपिट र झै(झगडाका घटनाहरू भइरहेको छ। गाउँगाउँमा पुगेको मदिराले ग्रामीण क्षेत्र अशान्त बनेको स्थानीयहरूले बताएका छन्।

यो महिना दशैँको समयमा मात्रै प्रहरीमा मदिरा सेवनका कारण कुटपिट भएका सातवटा उजुरी दर्ता भएका छन्। मदिराकै कारण गाउँगाउँमा झै झगडा हुने गरेको दशरथचन्द नगरपालिका(१ का पुष्करराज भट्टले बताए। उनले भने, ‘मदिराका कारण कुनै न कुनै रुपमा ग्रामीण क्षेत्र अशान्त बनिरहेको छ, अहिले गाउँघरमा मदिरा सेवन गरेका धेरै मान्छे भेटिन्छन्।

धेरै जसो बेरोजगार युवाहरू यसको कुलतमा फसेका छन्। यसले गाउँघर जताततै अशान्ति फैलिएको छ।’गाउँमा हुने अवैध मदिराको कारोबारले समस्या निम्त्याएको छ। यसले गर्दा महिला तथा बालबालिकाहरूमाथि हुने हिंसा पनि बढेको छ।

कोरोना कहरका कारण धेरै मानिस रोजगारी गुमाएर घर फर्केका र उनीहरू रोजगारी विहिन भएको अवस्थामा अपराधिक क्रियाकलाप बढ्दै गएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अहिले धेरै युवाहरू गाउँमै बेरोजगार बसेका छन्।

यसले गर्दा उनीहरूमा वितृष्णा बढ्दै गएको छ। मदिरा सेवन लगायतका कार्यहरुमा उनीहरूको संलग्नता बढेको पाइन्छ। यसले अपराधका घटना बढ्दै गएका छन्। ’बेरोजगार भएर बसेकाहरू विभिन्न तनावमा परेर मदिरा सेवन गर्ने गरेको हुनसक्छ, मदिरा सेवनले समाजमा विकृति फैलाएको छ। कोरोना कहरका कारण बैतडीमा मात्रै १२ हजार बढी नागरिक रोजगारी गुमाएर स्वदेश फर्केका छन्। स्वदेश फर्केका नागरिक बेरोजगार बस्न बाध्य भएका छन्।

यसले गर्दा पनि समाजमा मदिरा सेवन गरेर अपराधिक घटना बढ्दै गएका छन्।मदिराका कारण गाउँगाउँमा द्वन्द सिर्जना हुने अवस्था आएको सिगास गाउँपालिका स्थानीय जनक चर्मकारले बताए। उनले भने‘ मदिराकै महिला र बालबालिकाहरू बढी असुरक्षित भएका छन् ’ जिल्लामा मदिराका कारण अपराधिक क्रियाकलाप बढ्न थालेपछि प्रहरीले गस्ती बढाएको जनाएको छ। मदिराका कारण हुने अपराधका घटनाहरू न्यूनीकरणका लागि जिल्लाभरका प्रहरीचौकीबाट गाउँगाउँमा गस्ती खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कोरोनाको महामारी उत्कर्षमा पुगेका बेला कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या दिन–प्रतिदिन बढ्दै गइरहेको...
महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...

कैलालीमा बेपत्ता डीएसपी युवतीसँग होटलमा भेटिए !, छानबिनका लागि जिल्ला झिकाइयो

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग होटलमा फेला परेका छन्। मंगलबार राति...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...