Wednesday, November 25, 2020

देहरादून घटनाप्रति सरकार गम्भीरः परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए ।

लम्सालले भने, “ उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।”

नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहेकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गरेको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए ।

उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी दिए ।

यो पनिः‘प्रिन्सिपलसँग छलफल गरिरहँदा गुरुले एक्कासी लाठीले पिट्न थाले, अनि भागाभाग भयो…’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...
महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

बैतडीमा गौहत्या अभियोगमा पक्राउ परेकाको बयानले प्रहरी चकित !

महेन्द्रनगर । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चाेडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् । गत मंसिर ५ गते पुर्चाैडी...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...