Wednesday, September 22, 2021

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा ‘मुन्नी’को इन्ट्री कसरी ?

काठमाडौँ ।
हिमालय टेलिभिजनबाट हरेश शुक्रबार र शनिबार प्रशारण भैरहेको डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा एक जोडीको वाइल्र्ड कार्ड इन्ट्री भएको छ ।

यसअघि गत हप्ताको आइतबार एक जोडी यो शोबाट बाहिरिएका थिए । तर, यो साता मुन्नी उपनामले परिचित प्रियना आचार्यको वाइल्र्ड कार्ड इन्ट्री भएको हो । उनका कोरियोग्राफर पार्टनरको रुपमा सुभम भुजेल रहेका छन् ।

सुभम यसअगाडि दिपा र दमन्ताको कोरियोग्राफरको रुपमा थिए । तर, शोको प्रिमियरमा प्रस्तुति दिएका उनी विशेष कारणवस शोबाट बाहिरिएका थिए । तर, अब उनी नयाँ जोडी प्रियनाको साथमा शोमा प्रवेश गरेका छन् । योसँगै यो शोमा १० जोडी भएका छन् ।

यस्तै यो साताको ‘पर्फमेन्स अफ दि विक’को रुपमा दिपा र दमन्ताको जोडी बनेको छ । उनीहरुले विभिन्न गिफ्ट ह्याम्पर र नगद पुरस्कार प्राप्त गरेका थिए ।

यो शोमा निर्णायकको रुपमा दिलिप रायमाझी, गौरी मल्ल र रेनशा वान्तवा राई रहेका छन् ।

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय