Wednesday, November 25, 2020

धनगढीकी वर्षालाई नेपाल ओपन काता च्याम्पियनसिपमा स्वर्ण जितिन

धनगढी ।
धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन् । अनलाइन प्रतियोगितामा वर्षाले पदक प्राप्त गर्न सफल भएकी हुन्।

स्वर्ण पदकसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छन् । धनगढी कराते एकेडेमीकि कराते प्रशिक्षक रहेकी बर्षा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’ सहभागी भएकी थिइन् ।

उक्त अनलाइन प्रतियोगितामा महिला तर्फको रजत पदक कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरले प्राप्त गर्दा पुरुषतर्फको स्वर्ण सशस्त्र प्रहरी बलका सुभाष घतानेले बागमती प्रदेशका रवीन्द्र मानन्धरलाई पराजित गर्दै जिते ।

यस प्रतियोगिताका निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता तथा १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक गंगाराम महर्जन र १३ औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।

विजेताहरुलाई प्रदान गरिने नगद पुरस्कारको प्रायोजन पूर्व राष्ट्रिय कराते च्याम्पियन विजय तामाङले गरेका थिए । काता र कुमिते दुवै स्पर्धामा सुदूरपश्चिम प्रदेशकी च्याम्पियन वर्षाले राष्ट्रिय खेलकुद परिषदद्वारा हालका वर्षहरुमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गरेकै छिन् ।

उनले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा समेत धेरै पदकहरु प्राप्त गरिसकेकी छन् ।

जसमध्ये सन् २०१९ मा जापानमा आयोजित केयुकाई इन्टरनेसनल कराते च्याम्पियनसिपमा रजत पदक, जापानमै आयोजित कोफुकान इन्टरनेसनल कराते च्याम्पियनसिपमा कास्य पदक, दक्षिण एसियाली कराते महासंघले प्रत्येक २ वर्षमा आयोजना गर्ने दक्षिण एसियाली कराते प्रतियोगितामा कास्य पदक र काठमाडौँमा आयोजित प्रथम एपिएफ इन्टरनेसनल सोतो कराते च्याम्पियनसिपमा स्वर्ण पदक प्रमुख हुन् ।

बुवा वरिष्ठ अधिवक्ता राजेन्द्र बहादुर साउँदको प्रेरणा तथा प्रोत्साहनले करातेमा छुट्टै स्थान बनाउन सफल भएको बताउने वर्षा प्रारम्भ देखि नै कराते प्रशिक्षक ललित खत्री संग प्रशिक्षण प्राप्त गरिरहेकी छिन साथै कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यानरत छन् ।

हाल करातेकी दोस्रो डान उनले धनगढी कराते एकेडेमको प्रशिक्षक र कोषाध्यक्षको जिम्मेवारी बहन गरेकी छन् भने नन्दिनाज एकेडेमीमा कराते प्रशिक्षकका रुपमा समेत कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । मंगलबार राति ९ बजेदेखि सम्पर्कबिहीन भएका ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतबहादुर चौधरी युवतीसँग...
महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता...
महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको...
महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १...

बैतडी जिप दुर्घटनाः ‘पूर्व सैनिक’ परिवारको खुसी यसरी चुडियो !

महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत गइन । चैत्र महिनायता पेन्सन बुझ्न नपाएकी उनमा केही...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा...

बैतडीमा गौहत्या अभियोगमा पक्राउ परेकाको बयानले प्रहरी चकित !

महेन्द्रनगर । गौहत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेका बैतडीको पुर्चाेडी नगरपालिकाका लक्ष्मण पार्कीले गाईहरुलाई भिरमा फालेको बयान दिएका छन् । गत मंसिर ५ गते पुर्चाैडी...

लोकप्रिय

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

कञ्चनपुरमा एक जना वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा भेटिए

महेन्द्रनगर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

क्षयरोग अन्त्यका लागि ईटिबी तालिम

महेन्द्रनगर । स्वास्थ्य कार्यालयमा क्षयरोग नियन्त्रणका लागि कार्यरत फोकल पर्सनकाहरुका लागि ईटिबी सम्बन्धि तालिमको आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना र...

वित्थडचिरका काँग्रेस नेता खड्कालाई पितृशोक

कुमार बोहरा देउलेख । बझाङका काँग्रेस नेता धन बहादुर खड्कालाई पितृशोक परेको छ । नेपाली काँग्रेस बझाङ (ख) का क्षेत्रिय सभापति खड्कालाई पितृशोक परेको हो । नेता खड्काका...