Wednesday, September 22, 2021

चक्रको ‘नौगेडी’ सार्वजनिक (भिडियो)

महेन्द्रनगर ।
चर्चित गायक तथा संगीतकर्मी चक्र बमको ‘नौगेडी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक बमको आफ्नै अफिसियल युटुब च्यानल ‘चक्र बम’ बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अहिलेकी व्यस्त गायिका ऐलिना चौहान र चक्र बमको आवाज रहेको छ । चक्र बमकै संगीत रहेको गीतमा शब्द भने टुरिस्ट जंग बिक र गायक चक्रका हुन् ।

‘ओइ काजल’ बोलको गीत चर्चामा आए पछि गायक चक्रले पहिलो पटक आफ्नै गीत सार्वजनिक गरेका हुन् ।

देउडा फियुजन गाएर युवा जमातमाझ छुट्टै पहिचान बनाएका चक्रको ‘नौगेडी’ बोलको गीत केही पृथक रहेको दर्शकहरुको विश्लेषण छ ।

चक्र गायनसंगै मोडेलिङमा पनि उत्तिकै जमेका छन् । यो गीतको म्युजिक भिडियोमा चक्र र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियो

 

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज सपथ

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले ...

लोकप्रिय