जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर ।

कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक क्षेत्र निकै प्रभावित छन् ।

नयाँ शैक्षिक सत्र सुरु भए पनि पठनपाठन त परैको कुरा विद्यार्थी भर्ना समेत भएका छैनन् । लकडाउन खुलेसंगै सरकारले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने तथा शैक्षिक कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

यो निर्णयसंगै विद्यालयहरुले विद्यार्थी भर्ना तथा पठनपाठनका लागि तयारी थालेका छन् । कञ्चनपुरको उत्कृष्ट शैक्षिक गन्तव्य इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले पनि भर्ना तथा कक्षा सञ्चालनका लागि तयारी थालेको जनाएको छ ।

कोरोना महामारीको जोखिम कायमै रहेकाले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन लागिएको स्कुलले जनाएको छ ।

विद्यालयमा ‘हेल्थ डेस्क’ !

कोभिड–१९ को जोखिम कायमै रहेकाले यसबाट बच्न उच्चतम उपायहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्ने तयारी गरिएको प्रिन्सिपल राजेन्द्र भट्ट बताउँछन् ।

विद्यार्थीका लागि विद्यालयमा एउटा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क राख्ने तयारी भइरहेको उनले बताए । त्यहाँ विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने छ ।

थर्मल गनको प्रयोग
‘ज्वरो मापन गरेर मात्र विद्यालयभित्र प्रवेश गराउने व्यवस्था मिलाइएको छ । त्यसका लागि हामीले ‘थर्मल गन’ ल्याएका छौँ । मास्क अनिवार्य छ । स्कुल हाताभित्र सेनिटाइजर, मास्क, साबुनपानीले हात धुने व्यवस्था पनि मिलाएका छौँ ।’ प्रिन्सिपल भट्टले भने ।

‘कक्षाकोठामा बेला बेलामा सेनिटाइजिङ गर्ने गरिन्छ । भौतिक दुरी कायम राखिने छ ।’ उनले भने, ‘बसमा पनि भौतिक दुरी कायम गरेर मात्र विद्यार्थी ओसारिने छ ।’ विद्यार्थीको चाप बढि हुने भएकाले संक्रमण फैलिन नदिन दुई सिफ्टमा कक्षा सञ्चालनको तयारी भइरहेको प्रिन्सिपल भट्टले बताए ।

भर्ना फाराम वितरण सुरु
इन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगरले नयाँ शैक्षिक सत्रका लागि भर्ना फाराम वितरण सुरु गरेको छ ।

‘भर्ना गर्ने बेला भिडभाड हुने हुनाले हामीले अहिले फाराम वितरण गरिरहेका छौँ, अभिभावकहरुले घरमा फाराम भर्न सक्छन् । भदौ १ गते देखि भर्ना सुरु हुन्छ ।’ प्रिन्सिपल भट्टले भने, ‘पालैपालै भिडभाड नहुने गरी भर्ना कार्यक्रम गरिने छ ।’

अनलाइनमार्फत भर्ना
कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै इन्टरनेशनल पब्लिक स्कुलले अनलाइनमार्फत पनि भर्ना गर्न सकिने व्यवस्था मिलाएको छ ।

नयाँ विद्यार्थीहरुले यो सुविधा उपयोग गर्न सक्छन् ।

इन्टरनेशनल पब्लिक स्कुलको फेसबुक पेज (https://www.facebook.com/International-Public-School-Mahendranagar-1384955778409626) बाट फाराम भर्न सकिने विद्यालय प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...