Friday, May 7, 2021

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर ।

शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् ।

वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा नगरपालिका–८ स्थित छाडा पशुचौपाया केन्द्रमा व्यवस्थापन गरिएका चौपायालाई स्थानीय बासिन्दा र गोठालाले नगरपालिका परिसरमा पु-याएका हुन् ।

वडाध्यक्ष महरामाथी भएको आक्रमणको विरोधमा उनको सक्रियतामा व्यवस्थापन गरिएका पशुचौपायालाई वडाबासीले नगरपालिका पु-याएका छन् ।

नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा एक गएको समूहले शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष महरामाथी आइतवार कार्यालयमै हातपात गरेको थियो ।

वडाध्यक्षको किटानी जाहेरी पछि हातपातमा संलग्न शुक्लाफाँटा नगरपालिका–८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, र आन्नद सिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडा अध्यक्षबाट किटानी जाहेरी आएपछि सबैलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

वडाअध्यक्ष महरामाथि कुटपिट गर्ने समूहले वडा कार्यालय पनि तोडफोड गरेका थिए । कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँ लगायतका अंगमा चोटमा चोट लागेको छ ।

वडाअध्यक्ष महराले कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले एकाएक आक्रमण गरेको थियो ।

शनिबार राति बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेको विषयमा सम्झाई बुझाई गर्दा कार्यालयमै आएर कुटपिटका साथै तोडफोड गरेको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कञ्चनपुरमा थप तीन संक्रमितको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या ६० पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका दुई र दोधारा–चाँदनी नगरपालिकाका एक संक्रमितको...

लोकप्रिय

Shares