Wednesday, January 20, 2021

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टायर बालेर प्रदर्शन गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्तालाई रिहाई गर्नु पर्ने नेपाल तरुण दलको माग छ ।

अहिले पूर्व–पश्चिम महेन्द्र राजमार्गको झलारी खण्ड अवरुद्ध छ । नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष महरामाथी हातपात गरेको थियो ।

वडाध्यक्षको किटानी जाहेरी पछि हातपातमा संलग्न शुक्लाफाँटा नगरपालिका–८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, र आन्नद सिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडा अध्यक्षबाट किटानी जाहेरी आएपछि सबैलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।

वडाअध्यक्ष महरामाथि कुटपिट गर्ने समूहले वडा कार्यालय पनि तोडफोड गरेका थिए । कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँ लगायतका अंगमा चोटमा चोट लागेको छ ।

वडाअध्यक्ष महराले कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले एकाएक आक्रमण गरेको थियो ।

शनिबार राति बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेको विषयमा सम्झाई बुझाई गर्दा कार्यालयमै आएर कुटपिटका साथै तोडफोड गरेको खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares