कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ४७ पुग्यो

काठमाडौं ।

कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ। पर्सा र धनुषामा मृत्यु भएका दुई जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

पर्सा वीरगञ्जका ६५ वर्षीय र धनुषाका ३८ वर्षीय पुरुषको मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सम्बन्धित अस्पतालहरुले जनाएका छन्।

वीरगञ्जको आदर्शनगर निवासी भारतीय नागरिक ६५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। पर्सामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति आएको रिपोर्टमा संक्रमण देखिएका धेरैजसो स्वास्थ्यकर्मी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए। यस्तै धनुषाको शहीद नगरपालिका ८ का ३८ वर्षीय पुरुषको पनि मृत्यु भएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए। अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरेपनि अवस्था बिग्रिँदै गएपछि अस्पतालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो। तर धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।

थप दुई जना सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ। यस अघि मृत्यु भएका ४५ जनामा कुनै न कुनै स्वास्थ्य समस्या देखिएको छ।

मृत्यु भएका मध्ये अधिकांशलाई कलेजोसम्बन्धी समस्या, निमोनिया,सेप्सिस, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मिर्गौलासम्बन्धी रोग, मधुमेहलगायतका समस्या देखिएका छन्। धेरैको भने मृत्यु पछि मात्र स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...