महाकाली आदर्श माविः वडाध्यक्ष र प्रधानाध्यापकले एकलौटी व्यवस्थापन समिति बनाए !

महेन्द्रनगर ।

कञ्चनपुरको माहाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुनदत्त भट्टले ‘मनोमानी ढङगले आफ्नो नेतृत्वमा विद्यालय व्यवस्थापन समिति गठन’ गरेको पाइएको छ ।

वडाध्यक्ष भट्ट र विद्यालयका प्रधानाध्यापक अम्बादत्त भट्टले एकलौटी रुपमा माहाकाली नगरपालिका–१ चाँदनीस्थित महाकाली आदर्श माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकहरुले मनोनयन गरी पठाएका सदस्यको असहमतीकैबिच मनोमानी रुपमा निर्णय गर्दै वडाध्यक्ष र प्रधानाध्यापकले समिति गठन गरेको मनोनयनमा परेका ज्येष्ठ सदस्य सुका धामीले बताए ।

समाजसेवी, बुद्धिजिवी तथा चन्दादाताबाट मनोनित गर्नु पर्ने दुई जनालाई शिक्षा नियमावली विपरित मनोमानी ढङ्गले आफु निकट मानिसलाई मनोनित गर्ने निर्णय गरिएको उनको दाबी छ ।

‘यसमा हाम्रो सहमति थिएन, पेलेरै मनोमानी ढङ्गले निर्णय गर्नु भयो ।’ जेष्ठ सदस्य धामीले भने ।

बसन्ती भट्ट रिजाल र कलावती भट्टलाई व्यवस्थापन समितिमा मनोनित गर्ने निर्णयमा आफ्नो सहमति नरहेको अभिभावकबाट मनोनित भएका प्रकाश गिरीले बताए ।

असहमतिको बाबजुत आफुहरुलाई बाइपास गरेर मनोनित गर्ने निर्णय गर्दै विद्यालय व्यवस्थापन समिति गठन गरिएको उनको भनाई छ ।

‘वडाध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आफ्नो पक्षका मानिसलाई मनोमानी ढङ्गले समितिमा ल्याइएको छ ।’ उनले भने, ‘यो निर्णयमा हामीले असहमति जनायौँ तर बहुमतको आडमा हामीहरुलाई बाइपास गरेर समिति गठन गरिएको छ ।’

शिक्षा ऐन, २०२८ ले विद्यालय व्यवस्थापन समितिमा अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका दुर्ईजना महिला सहित चार जना, विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुमध्येबाट सो वडा समितिले मनोनयन गरेको सदस्य, विद्यालयका संस्थापक, स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दश लाख वा सो भन्दा बढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरूमध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुर्ईजना, विद्यालयका शिक्षकले आफूहरुमध्येबाट छानी पठाएको एकजना सदस्य र विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था गरेको छ ।

ती मध्ये अभिभावक, वडा समिति र संस्थापक, बुद्धिजिवी, शिक्षाप्रेमी तथा चन्दादाताबाट मनोनितमध्ये एक जनालाई विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले अध्यक्ष चुन्ने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनौट नभएसम्मका लागि वा अध्यक्षको अनुपस्थितिमा सो समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।

महाकाली आदर्श माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा सुका धामी र प्रकाश गिरी अभिभावकबाट सर्वसम्मत मनोनित भएका हुन् । अभिभावकबाट मनोनित गर्नु पर्ने चार सदस्यमध्ये तुलसी भट्ट र पार्वती भट्टलाई भने सर्वसम्मत नभए पछि ‘चिठ्ठा विधि’ बाट मनोनित गरिएको थियो ।

१ साउनमा विद्यालय व्यवस्थापन समिति पूर्णताका लागि जेष्ठ सदस्य सुका धामीको अध्यक्षतामा बसेको बैठकमा बुद्धिजिवी, समाजसेवी, चन्दादाताबाट वडाध्यक्ष भट्टले मनोमानी ढङ्गले दुई जना मनोनित गर्ने निर्णय गरेको थियो । यद्यपी सुका धामी र प्रकाश गिरीले भने यो निर्णयमा असहमति जनाएको छ ।

एकलौटी रुपमा समिति गठन भएको भन्दै माहाकाली नगरपालिकाको शिक्षा शाखामा आवश्यक छानविनका धामी र गिरीले निवेदन समेत दिएका छन् । नवगठित समिति खारेज हुनु पर्ने उनीहरुको माग छ ।

उता माहाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुनदत्त भट्टले बहुमतिय विधिद्धारा विद्यालय समिति गठन गरिएको दाबी गरे ।

‘लामो समयदेखि विद्यालय समिति विहिन थियो, सहमतिबाट समिति गठन गर्ने क्रममा सहमति भएन । माघमा बसेको बैठकले सहमति नभए बहुमतबाट अगाडि बढ्ने निर्णय भएको थियो ।’ वडाध्यक्ष भट्टले भने, ‘त्यही अनुसार समिति गठन गरिएको हो ।’

समिति चयनको बेला पनि बारम्बार खबर गर्दा पनि धामी र गिरी अनुउपस्थित रहेकाले बहुमतबाट नै अध्यक्ष चयन गरिएको उनको दाबी छ ।

‘एकलौटी समिति गठन गरिएको छैन् । पछिल्लो पटक मनोनित गरिएकाहरु बुद्धिजिवी र महिला स्वयमसेवक हुन् । वडाको सबै भेगका मानिसलाई समेटेका छौँ ।’ उनले भने, ‘दुई जनाको स्वार्थ हेर्नु भन्दा पनि सात जनाको कुरा सुनेर अगाडि बढेका हौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...