निर्मला हत्या काण्डको दुई वर्षः अनुसन्धान जहाँको त्यहीँ

महेन्द्रनगर ।
कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको दुई बर्ष पुरा भएको छ । २०७५ साउन १० गते गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उनको शव उखुबारीमा भेटिएकी थिइन ।

बलात्कार पछि हत्या गरिएकी बालिकाको घटना घटेको दुई बर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।

घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन् । दुई बर्षको अवधीमा प्रहरीले डिएनए परिक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथी सूक्ष्म अनुसन्धान ग-यो । तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन् ।

प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ । सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको अनुसन्धान टोलीको निष्कर्ष छ ।

निर्मला हत्याकाण्डमा प्रहरी निकै आलोचित भयो । अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा फस्यो । प्रहरी इतिहास मै पहिलो पटक सिआइबी पनि अनुसन्धानमा चुकेको छ । यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह लगाएको छ ।

प्रहरीले नै प्रमाण नष्ट गरेकोे भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असर्ई निलम्बनमा परे । निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ । स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भयो ।

हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशभरि नै फैलिएको थियो । मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो ।

स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउनका लागि लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन गोलीसमेत चलायो । प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु प-यो ।

स्थानीयको दबाव पछि एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र मेयरका भनिज आयुश विष्ट तथा दिलिप सिंह विष्ट, प्रदिप रावल र विशाल चौधरी लगायत झण्डै ८० जनाको डिएनए परिक्षण गरियो । तर उनिहरुको डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसंग मेल खाएन ।

न्याय खोजीको दुई बर्ष
सुरुपमा देशभर चर्किएको ‘निर्मलाको न्यायको आन्दोलन’ पछिल्लो समय सेलाउँदै गयो । घटनाको घटेको दुई बर्ष भैसक्दा समेत दोषि पहिचान हुन नसकेपछि न्याय पाउने आशा मरेको निर्मलाकी आमा दुर्गादेवीले बताइन ।

यत्रो लामो समय भैसक्दा समेत अपराधीको पहिचान हुन नसक्दा न्याय पाउँने कुरा अब दिवास्वप्न जस्तै भएको उनले बताइन । ‘दुई बर्ष भैसक्दा पनि हत्यारा पत्ता लागेन, अब कहिले पत्ता लाग्छ ?’ उनले भनिन्, ‘दिलिप विष्ट जाहेरी दिएको पनि वर्ष दिन पुग्नै लागेको छ । प्रहरीले जाहेरीमाथी केही चासो नै देखाएको छैन् ।’

लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा न्याय पाउने आशा टुटेको उनले गुनासो गरिन । अहिलेसम्म अपराधी कानूनी कठघरा नआउनु दुःखद भएको बताउँदै निर्मलाका बुवा यज्ञराजले सरकार नै अपराधीको संरक्षणमा लागेको आरोप लगाए ।

प्रदिप र विशाल पछि अनुसन्धान कता ?
केही समय अगाडिसम्म शंकास्पद भनेर धेरैलाई समातेको सूचना चुहाइरहेको नेपाल प्रहरी हाल भने चुप छ । उसो त, प्रदिप रावल र विशाल चौधरी पछि कसैलाई पनि समातेर अनुसन्धान गरिरहेको सुन्नमा आएको छैन ।

तत्कालीन आइजिपी सर्वेन्द्र खनालले समेत बयान लिएका यी दुई जनाको निर्मलाको ‘भजाइनल स्वाब’ संग डिएनए रिपोर्ट नमिलेर छुटेपछि नेपाल प्रहरीले कसैलाई पनि पक्राउ गरेको आधिकारिक अभिव्यक्ति दिएको छैन ।

ती दुई जना तथा यस अगाडि पक्राउ परेका अभियुक्तमाथी अनुसन्धान हुँदाका बखत सरकारका उच्चपदस्थ नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिइरहेको थिए ।

प्रदिप र विशालमाथीको अनुसन्धानमा पनि प्रहरीले सफतला हात पार्न नसकेपछि त्यसपछिको ‘अनुसन्धान सुइ’ गुपचुप अवस्थामा छ ।

निर्मला प्रकरणमा झण्डै ५ सय २९ जना शंकास्पद मानिएकाहरुसंग बयान लिइएको छ भने ८० जनाको डिएनए परीक्षण गरिएको छ । तर दुई बर्षको अवधिसम्म पनि अपराधीसम्म पुग्ने दरिलो आधार भेटाउन सकेको छैन, प्रहरीले । यसले गर्दा यो प्रकरण नेपाल प्रहरीका लागि नै पेचिलो बनेको छ ।

शंकाको सुइ दिलिपतिरै
निर्मला प्रकरणमा पछिल्लो पटक सबैभन्दा बढि सुनिने नाममध्ये एक हो, दिलिप सिंह बिष्ट । दिलिप निर्मला प्रकरणको मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका थिए ।

‘मानसिक सन्तुलन गुमाएको निर्दोष’ लाई फसाउन खोजिएको भन्दै आन्दोलन चर्किएपछि उनको डीएनए जाँच गरियो । दिलिपको डिएनए निर्मलाको भेजनाइल स्वाबसँग मेल नखाए पछि उनी छुटेका थिए ।

उनै दिलिप सिंह बिष्टमाथी निर्मलाकी आमा दुर्गादेवीको शंका छ । उनले दिलिप विरुद्ध २०७६ भदौ २२ गते किटानी जाहेरी समेत दिएकी थिइन् ।

दिलिपमाथी फेरी अनुसन्धान गर्नु पर्ने निर्मलाकी आमाको माग छ । सुरुका दिनमा दिलिपका बारेमा आफूलाई केही जानकारी नभएपनि पछिल्लो समय सार्वजनिक भएका प्रमाणहरुबाट भने उनी माथिनै शंका लागेको दुर्गादेवी बतउँछिन् ।

‘मैले पहिले नै उसले विभिन्न ठाँउमा बोलेका कुरा सुनेको भए, त्यहिबेला नै किटानी जाहेरी दिने थिए,’ आमा दुर्गादेबीले भनिन्, ‘शंका लागेर जाहेरी दिएकी छुँ । दिलिप माथी अनुसन्धान हुनु पर्छ ।’

घटनाको अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिले डीएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने समेत ठहर गरेको छ ।

अनुसन्धान प्रगति जहाँको तहीँ
निर्मला बलात्कार तथा हत्या प्रकरणकोे अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ । घटना घटेको दुई बर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन सकेको छैन ।

नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै भएको छ । निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने ‘दरिलो कडी’ डिएनए परीक्षण मात्र नै हो । पछिल्लो समय डीएनएमा पनि प्रश्न उठेको छ । पहिलो एक बर्षसम्म डीएनए परीक्षणको ‘रुट’ पछ्याएको प्रहरीले झण्डै ८० जनामाथी सो सूत्र प्रयोग गर्दा समेत अपराधी भेटिएन ।

अनुसन्धान प्रगति जहाँको तहीँ छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने परिणाम आउन ढिला भएपनि आफूहरुले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको दाबी गरे । ‘घटनालाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौँ ।’ उनले भने, ‘‘त्यसका लागि छुट्टै टिम बनाएर अनुसन्धान अगाडी बढाएका छौ, चाडै नै रिजल्ट आउनेमा आशावादी छौ ।’

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं । सबै उपाय अपनाएर तार्किक निष्कर्षमा पु-याउन प्रयत्नरत छौँ ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ ।

अनुसन्धान टोली नै टोली
नेपाल प्रहरी र सरकारका लागि नै निकै पेचिलो रुपमा खडा भएको निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलिसंगै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र अपराध अनुसन्धान ब्यूरोका विभिन्न टोलीहरु खटिए ।

दर्जन अनुसन्धान टोलीले घटनाको अनुसन्धानका लागि खटिए । तर प्रगति भने ‘हात लाग्यो शून्य’ जस्तै भएको छ । शंकास्पद मानिएका बिषयको निरन्तर अनुसन्धान गर्ने काममा भइरहेको प्रहरीले जनाएको छ ।

४ सिडिओ, ३ एसपी फेरिए
निर्मला बलात्कार तथा हत्या प्रकरण पश्चात् मात्रै जिल्लाका प्रशासनिक क्षेत्रका प्रमुखहरु ४ सिडिओ र ३ एसपी फेरिए । निर्मला प्रकरण चलेका बेला कुमार बहादुर खड्का यहाँ सिडिओ थिए ।

२०७५ भदौमा उनि निलम्वनमा परेर कञ्चनपुरबाट बिदा भए । त्यसपछि २०७५ भदौ ५ मा तारानाथ अधिकारी सिडिओका रुपमा आए । उनि पनि चार महिनामै फर्किए । अधिकारी पछि सहायक सिडिओ रहेका शंकरबहादुर विष्टले दुई महिना जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाले ।

पछि सिडिओका रुपमा सुशील वैद्य आए । उनि पछि हाल नुरहरी खतिवडा सिडिओ छन् । प्रहरी प्रमुख एसपी फेरिने दर पनि यहाँ उतिकै मात्रामा छ । निर्मला प्रकरणका बखत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट यहाँ रहेका थिए । उनि निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै सेवाबाट बर्खास्तीमा परे ।

उनि पछि निर्मलाको आन्दोलन चर्केका बेला एसपी कुवेर कडायतलाई जिम्मेवारी दिइयो । उनि पाँच महिना मात्रै यहाँ बसे । त्यसपछि २०७५ फागुन १५ मा जिल्ला प्रहरी प्रमुखको रुपमा एसपी दिनेश आचार्य आए । उनी २०७६ पुस ९ गते सरुवा भएर गए । त्यस पछि अहिले एसपी मुकुन्द मरासिनी कञ्चनपुर प्रहरीको प्रमुख छन् ।

नयाँ प्रहरी नेतृत्वले दिएको आशा
निर्मला प्रकरणको दुई वर्षको अवधिमा नेपाल प्रहरीले तीन जना प्रहरी महानिरीक्षक (आइजिपी) पायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालको कार्यकालमा घटना भएको थियो ।

प्रहरीको शाखमा प्रश्न उठाएको प्रकरणको अनुसन्धानले तत्कालीन आइजिपी सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवालीको कार्यकालमा सफलता पाउन सकेन । यो प्रकरणको सफल अनुसन्धान गरेर प्रहरीको शाख बचाउने जिम्मेवारी अब आइजिपी शैलेश थापाको काधमा आएको छ । नयाँ नेतृत्व आएसँगै आमनागरिकमा निर्मला हत्याकाण्ड वास्तविकता बाहिरिने आशा पलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

यातायात कार्यालय कञ्चनपुर: हाजिरी अघिल्लै दिन गरेको पाइयो !

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मातहतका कार्यालयको अनुगमन तथा निरीक्षण थालेको छ । बुधवारदेखि दिनहुँ प्रशासनले मातहतका सरकारी कार्यालयको अनुगमन गरिरहेको हो । बिहिवार जिल्लाका...