भारतले नेपालीलाई धार्चुलाको बाटो प्रयोग गर्न दिएन

काठमाडौं ।

भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए ।

नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले जानकारी दिए ।

उनीहरूले कोभिड– १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको बोहरा बताउँछन् । नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि उनीहरूले स्थानीयलाई अवरोध गरेका हुन् ।

ब्याँस– १ छाङरु र तिंकरवासी हिमपात हुने पुसदेखि वैशाखसम्म जिल्ला सदरमुकाम खलङ्गालगायत तल्लो भागमा झरेर बस्छन् ।

जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन् । त्यसरी गाउँ फर्कने क्रममा त्यहाँका स्थानीय धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

सहुलियत दरमा हेलिकप्टर चलाउन माग
भारतले बाटो प्रयोगमा अवरोध गरेपछि छाङरु र तिंकरवासीले सहुलियत भाडामा हेलिकप्टरको माग गरेका छन् ।

वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश रावललाई भेटेर यस्तो माग गरेका हुन् ।

साउन १९ गते जनैपूर्णिमाको दिन पूजा गर्न घर फर्कनुपर्ने भएकाले सहुलियत दरमा हेलिकप्टरको व्यवस्था गर्नुपर्ने वडाध्यक्ष बोहराको माग छ ।

प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नगरे आफूहरूको पूजा रोकिने जानकारी मन्त्री रावललाई बुझाएको ज्ञापनपत्रमा गराएको बोहराले बताए ।

स्थानीयवासी मात्र नभई त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलगायतलाई यस्तो सुविधा अत्यावश्यक भएको उनी बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...