ब्रह्मदेवमा भारतको दादागिरीः वृक्षारोपण र तारवार गर्नमा अवरोध ! [भिडियो]

भारतको चेतावनीका बावजुत स्थानीयले गरे वृक्षारोपण र घेरवार ।

महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा भारतीय पक्षले वृक्षारोपण र सामुदायिक वनको जमिन घेरबारमा अवरोध सृजना गरेको छ ।

सिद्धनाथ सामुदायिक वनले गरिरहेको वृक्षारोपण र घेरवार गर्ने कार्यमा भारतीय पक्षले अवरोध सृजना गरेको हो ।

दादागिरी शैलिमा आएका भारतको सशस्त्र सीमा बल (एसएसबी) ले ब्रह्मदेव बजार नजिकै वृक्षारोपण र घेरवार गर्ने कार्यमा अवरोध सृजना गरेको सिद्धनाथ सामुदायिक वनका अध्यक्ष हर्क बहादुर चन्दले बताए ।

‘आफ्नै भूमिमा तारवार र वृक्षारोपण गरिरहेका थियौँ, भारतीय पक्षले भारतीय भूमि भएको भन्दै त्यो काम गर्न दिएको छैन् ।’ उनले दैनिक सञ्चारसंग भने ।

ब्रह्मदेव बजार नजिकै आफ्नो भूमि पर्ने भन्दै तारबार र वृक्षारोपण नगर्न चेतावनी दिए पनि स्थानीयहरुको सहयोगमा आफुहरुले काम भने जारी राखेको उनी बताउँछन् ।

‘भारतीय पक्षले काम रोक भनेको छ तर हामीलाई स्थानीहरुको साथ मिलेको छ । हामीले काम जारी नै राखेका छौँ ।’ उनले भने । भारतीय पक्षले आफ्नो भूमिमा पर्ने भन्दै वृक्षरोपण र तारवार गर्ने काम रोक्न चेतावनी दिए पनि घेरवार गर्ने काम गरेको स्थानीय नविन कलौनीले बताए ।

‘एसएसबीले काम बन्द गर्न भन्यो तर हामीले आफ्नो भूमिमा नै घेरवार गरिरहेका छौँ । यो काम राक्दैनौँ ।’ उनले भने । ब्रह्मदेव बजार नजिकैको क्षेत्रमा सीमास्तम्भ नहुँदा वर्षौदेखि विवाद रहेको छ ।

भारतीय पक्षले सामुदायिक वनले घेरवार र वृक्षारोपणको काममा अवरोध सृजना गरे पछि स्थानीय प्रशासनले बिहिवार स्थलगत अनुगमन गर्दै त्यहाँ अधिकारीसंग छलफल समेत गरेको छ ।

सीमास्तम्भ नहुँदा ब्रह्मदेव क्षेत्रमा वर्षौदेखि सीमा विवाद रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका एसपी बिरसिंह साहुले बताए । ‘पिल्लर नहुँदा त्यहाँ विवाद छ । स्थानीयहरुले आफ्नो भूमि यतासम्म हो भन्छन् । भारतीय पक्षले यता (ब्रह्मदेव बजारतर्फ) आफ्नो भूमि भन्छन् ।’ उनले भने ।

 

उनका अनुसार वृक्षारोपणमा कुनै बाधा सृजना नभएको तर घेरवार गर्दा भारतीय पक्षको चित्त दुखेको हो ।

‘वृक्षारोपणमा त केही समस्या छैन् तर घेरवार नगर्न भनेका छन् । स्थानीयहरुले घेरवार गरिसकेका छन् । भारतीय पक्षले तारवार उखेल्ननु पर्ने भनिरहेका छन् ।’ एसपी साहुले भने, ‘हामी स्थानीय तथा भारतीय पक्षसंग पनि छलफलमा छौँ । छलफलबाट समस्याको समाधान खोज्ने प्रयत्न गर्दैछौँ ।’

भिडियोः

ब्रह्मदेवमा भारतको दादागिरी

ब्रह्मदेवमा भारतको दादागिरी !

Gepostet von Dainik Sanchar am Donnerstag, 23. Juli 2020

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

यातायात कार्यालय कञ्चनपुर: हाजिरी अघिल्लै दिन गरेको पाइयो !

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मातहतका कार्यालयको अनुगमन तथा निरीक्षण थालेको छ । बुधवारदेखि दिनहुँ प्रशासनले मातहतका सरकारी कार्यालयको अनुगमन गरिरहेको हो । बिहिवार जिल्लाका...