थप सुविधासहित नेपाल टेलिकमले ल्यायो ‘स्प्रीङ अफर’, यस्ता छन् सुविधा

काठमाडौँ ।
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर सार्वजनिक गरेको छ ।

यसअघि नै उपलब्ध स्प्रीङ अफर अन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।
​ जनाएको छ ।

समर अफर अन्तर्गतको सेवा मिति २०७७ साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ ।

कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत रु २५ मा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ ।

सोसल मिडिया प्याक अन्तर्गत रु १५ मा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ ।

नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु १५ मा ३ रातका लागि २०० मिनेट र रु ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु ६० मा ३ दिनका लागि ४०० एमबी, रु १०० मा ७ दिनका लागि ८०० एमबी, रु २८० मा २८ दिनका लागि २.५ जीबी, रु ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

डे डाटा प्याक अन्तर्गत अब रु १० मा ८० एमबी र रु १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ ।

वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु २० मा उपलब्ध हुनेछ ।

डे भ्वाइस प्याक अन्तर्गत रु १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ ।

रु १५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ ।

लार्ज डाटा प्याक अन्तर्गत अब रु १,६०० मा ६० दिनका लागि ३० जीबी प्याक र रु ३००० मा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ ।

फोरजीरएलटीई अफर अन्तर्गत रु १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ ।

साथै पहिलेदेखि नै स्प्रीङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरू यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गर्नु पर्नेछ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुनेछ ।

माथि उल्लेख गरिएका सबै दरहरु करसहितका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...