कोरोना विरुद्ध परीक्षण गरिएको यो खोपबाट वैज्ञानिक आशावादी

काठमाण्डौ ।

अमेरिकामा कोभिड–१९ विरुद्ध परीक्षण गरिएको पहिलो खोपबाट मानिसको प्रतिरक्षा प्रणालीमा आशा गरे अनुसारको फाइदा मिलेको वैज्ञानिकले दावी गरेका छन् ।

अमेरिकाको शीर्ष विशेषज्ञ डाक्टर एन्थोनी फाउची नेतृत्वको समूहले विकास गरेको खोप पहिलो चरणमा ४५ जनामा परीक्षण गरिएको र नतिजा आशालाग्दो भएको समाचार संस्था न्यूर्योक टाइम्सले जनाएको छ।

अब आउँदो साउन १२ गतेदेखि अर्को चरणमा ३० हजार मानिसमा यो खोप परीक्षण गरिने र खोपले मानव शरीरलाई कोभिड-१९ बाट बचाउन सक्नेबारेमा पत्ता लाग्ने वैज्ञानिकको विश्वास छ ।

यो समयलाई उनीहरुले खोप परीक्षणको महत्वपूर्ण समयको रुपमा लिएका छन् । ुन्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनुमा प्रकाशित लेखअनुसार खोप लिएका स्वयंसेवकको रगतमा कोभिड-१९ निको भएका मानिसको शरीरमा भेटिएको जति नै एन्टीबडी भेटिएको छ ।

अहिलेसम्म खोपको नतिजा कहिलेसम्म आउँछ भन्ने यकिन नभए पनि सन् २०२० को अन्तिमसम्ममा परीक्षण पूरा हुने अनुमान गरिएको छ ।

तर, पनि कोभिड-१९ विरुद्धको खोप विकासको लागि तीव्र गतिमा काम भइरहेको वैज्ञानिकको दावी छ । यो खोपको दुई मात्रा एक महिनाको बीचमा दिइने र यसको अरु कुनै असर नहुने पनि उनीहरुको भनाइ छ।

तर,अनुसन्धानमा संलग्न मानिसले भने टाउको दुख्ने, जाडो हुने, खोकी लाग्ने र खोप दिइएको ठाउँमा दुख्ने गरेको बताएका छन् । केहीमा भने कोरोना भाइरस सङ्क्रमणको जस्तै लक्षण देखिए पनि त्यो अस्थायी भएको पाइएको छ ।

खोप लगाउनेबित्तिकै सुरु हुने यी लक्षण मानिसमा एकदिन रहने पनि खबरमा उल्लेख छ । यो खोपले पहिलो चरणमा सकारात्मक नतिजा दिएपछि आशावादी बनेका वैज्ञानिकले अर्को वर्षको सुरुमा खोप आउने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा खबर

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ वडा कार्यालयमा अज्ञात समुहको आगजनीपछि ठप्प रहेको सेवा पुनः सुचारु हुने भएको छ । मंगलवारदेखि वडा...
महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क...
महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ...
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका...

भीनपा–१६ को वडा कार्यालयमा लागेको ताला खुल्यो

महेन्द्रनगर । भीमदत्त नगरपालिका –१६ को वडा कार्यालयमा लागेको ताला एक हप्ता पछि खुलेको छ । सरस्वती माध्यामिक विद्यालयमा चिल्ड्रेन पार्क निर्माणमा अनियमितता भएको भन्दै छानविनका...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...

वडाध्यक्ष महरामाथी हातपात प्रकरणः वडाबासीले व्यवस्थापन गरिएका पशुचौपाया नगरपालिका पु-याए

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथी भएको सांघातिक आक्रमणको विरोधमा वडाबासीहरुले व्यवस्थापन गरिएका छाडा चौपाया नगरपालिकाको कार्यालयमा हुलेका छन् । वडाध्यक्ष महराको सक्रियतामा शुक्लाफाँटा...

वडाध्यक्षमाथी हातपात गर्नेलाई रिहाईको माग गर्दै झलारीमा प्रदर्शन, राजमार्ग अवरुद्ध [फोटो फिचर]

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि हातपात गर्नेलाई रिहाइको माग गर्दै झलालरीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले...

लोकप्रिय

रिलायबल लाइफ इन्स्योरेन्सद्धारा मृतकको परिवारलाई दाबी भुक्तानी

डि.बी. बोहरा/महेन्द्रनगर । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । शनिबार बिमीत परिवारको घरमै एक कार्यक्रमका विच इन्स्योरेन्सले भीमदत्त नगरपालिका–२...

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ । भीमदत्त नगरपालिको आयोजनामा...

शंकर थापा आत्म हत्या प्रकरणः १६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा ढुंगामुडा प्रहार गर्ने १६ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ...

जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउँदै शैक्षिक कार्यक्रम सञ्चालन गर्दै इन्टरनेशनल पब्लिक स्कुल

महेन्द्रनगर । कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले गत चैत्र ११ गतेदेखि गरेको लकडाउन झण्डै चार महिना पछि खुलेको छ । कोरोना महामारीकै कारण शैक्षिक...