Wednesday, October 20, 2021

उप–पाध्यापक यज्ञराज पन्तको ‘कोरोना काल बनि आयो’ डेउडा गित सार्वजनिक (भिडियो)

महेन्द्रनगर । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका उप–प्राध्यापक यज्ञराज पन्तको नयाँ डेउडा गित सार्वजनिक भएको छ ।

पछिल्लो विषम परिस्थिती नोबेल कोरोना भाईसरको संक्रमणलाई लक्षित गरिएको डेउडा गित सार्वजनिक भएको हो ।

साईन्स क्याम्पस महेन्द्रनगरमा अध्यापनरत रहेका उप–प्राध्यापक पन्तले लकडाउनको समयमा डोटेली भाषामा कोरोनाको कथा–व्यथा समेटिएको गित सार्वजनिक गरेका हुन् ।

उक्त डेउडा गित सुदूरपश्चिमका कला तथा संस्कृती प्रवद्र्धनमा सक्रिय प्रकास कलौनीको युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।

करिब ५० हजार स्क्राईबर रहेको उक्त च्यानल डेउडा गितका लागि सुदूरपश्चिमै चर्चित रहेको छ । ‘कोरोना काल बनि आयो’ गितको रचना तथा शब्द संकलन केशबराज पाण्डेय ‘आशु’ले गरेका हुन् ।

२०५५ सालबाट कला तथा गाउन क्षेत्रमा प्रवेश गरेको पन्तका दर्जनौँ लोक दोहोरी तथा आधुनिक गित स्वर भरिसकेका छन् ।

‘मेरो रुचिको विषय नै कला क्षेत्र हो, अध्यापनतिर लागेपछि कला क्षेत्रलाई निरन्तरता दिन सकिएन्’ उप प्राध्यापक पन्तले भने ‘अहिले लकडाउनका कारण फुर्सद मिलेको छ, यस समयमा पुनः कला क्षेत्रमा समर्पीत भएको छु ।’

गितमा नोबेल कोरोना भाईरसको संक्रमणको सुरुवात, पछिल्लो अवस्था र यसको नियन्त्रण भएका कमी कमजोरी र यसको प्रभावलाई गितमा समेटेका छन् ।

त्रिभुवन विश्वविद्यालयका गोल्ड मेडलिस्ट रहेका पन्त २०६५ साल देखि अध्यापन पेशामा संलग्न रहेका छन् ।

 

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय