Wednesday, October 20, 2021

फरक–फरक सात भाषामा गीत निर्माण गर्दै अराज केशव [भिडियो]

महेन्द्रनगर ।
चर्चित गायक, -यापर तथा निर्देशक अराज केशव गिरी नेपाली भाषाको अतिरिक्त अन्य विभिन्न भाषामा गीत निर्माणको तयारीमा छन् ।

भोजपुरी भाषाको ‘आवना’ बोलको मायापिरती सम्बन्धी गीत अराजले युटुवमा सार्वजनिक गरेका छन् ।

बहुमुखी प्रतिभाका धनी अराजले नेपाली भाषाको ‘आउछेउकी’ बोलको गीतलाई हिन्दी हुँदै भोजपुरी भाषामा प्रस्तुत गरेका हुन ।

यो संगै नेपाली भाषाको ‘आउछेउकी’ (गीतका लागि यहाँ थिच्नुहोस्) बोलको गीत हिन्दीमा ‘आभिजा’ (गीतका लागि यहाँ थिच्नुहोस्) हुदै भोजपुरी भाषामा समेत गीत बनाएका छन् ।

नेपाली तथा डोटेली भाषामा रहेका गीत अन्य विभिन्न सात भाषामा निर्माण गरेर पस्कने तयारी रहेको गायक अराज केशव बताउँछन् ।

‘नेपाली भाषासंगै अन्य विभिन्न भाषामा गीत सृजना गरेर स्रोता दर्शकसमक्ष पस्कने तयारी छ ।’ अराजले भने । उनका अनुसार हाल नेपाली भाषाको ‘आउछेउकी’ बोलको गीतलाई हिन्दी र भोजपुरी गरी तीन भाषामा सार्वजनिक गरिएको छ ।

आउछेउकी, मै हुँ राजा, बसन्ती, तिमी त्यसै राम्री, अझै पनि, मलाई मन पराउने, जब तिमी, जुनकिरी लगायत गीत विभिन्न भाषामा निर्माण गरिन लागेको हो ।

नेपाली भाषाको अतिरिक्त कुमाउनी, संस्कृत, हिन्दी, राजस्थानी, भोजपुरी बंगाली, सुदूरपश्चिमेली तथा थारु लगायतका भाषामा गीत निर्माण गरिन लागेको सर्जक अराज केशवले जानकारी दिए ।

‘आउछेउकी’ बोलको गीतमा शब्द, संगीत र स्वर अराजकै हो । यसको म्युजिक भिडियोमा रवि चन्द, निशा सुवेदी लगायतको अभिनय रहेको छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय