Wednesday, January 20, 2021

कञ्चनपुरमा सामाजिक दुरी कायम गर्दै बैंकले दिए दुई घण्टा सेवा (फोटो/ भिडियो )

बिकाश सिंह महता

विश्वव्यापी रुपमा महामारी फैलिएको यो दुःखद घडीमा कोभिड-१९ कोरोना भाइरस लाई नियन्त्रण र न्यूनीकरणको लागी देशभर सरकारले दोस्रो चरणको लक डाउन लगाएको समयमा आम मानिस लाई पर्न गएको आर्थिक समस्य लाई मध्यनजर गर्दै कञ्चनपुरमा सामाजिक दुरी कायम गर्दै दुई घण्टा बैंक सेवा सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कन्चनपुरको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समितिको बसेको बैठकले दुई घण्टा बैंक खोल्न दिने चैत्र २० गते बिहिवार निर्णय गरिएको थियो ।

बैठकले आज चैत्र २३ गते आईतबार देखि लागु हुने गरी बिहान ११ देखि दिउँसो १ बजे सम्म बैंक खोल्ने अनुमति दिने निर्णय गरेको थियो। भिडभाड नगरी सामाजिक दुरी कायम गर्ने र स्यानिटाईजरको व्यवस्था गर्ने शर्तमा बैंक खोल्न दिने निर्णय गरिएको थियो।

महेन्द्रनगरमा रहेका केहि बैंकहरुमा प्रभावकारी रुपमा हात धुने र स्यानिटाइजरको व्यवस्था राष्ट्रिय वाणिज्य बैंक , एनआईसी एशिया बैंक र कुमारी बैंकमा गरिएको छ।

भने अन्यमा स्यानिटाईजरको व्यवस्था गरिएको र सामाजिक दुरिकायम भने सबैले अपनाइएको देखिएको छ। जनशक्ति अनुसार सेवाग्राहीको भिडभाड कमै रहेको हुँदा आज पहिलो दिन सेवा दिनमा कुनै समस्या नभएको बैंकहरुले बताएका छन् ।

शनिवार कञ्चनपुरमा एक र कैलालीमा दुई जना कोरोना संक्रमण पुष्टि भए पछि अबका दिनमा जोखिम हुने भन्दै सतर्कता अपनाउनका लागि स्थनीय तहहरुमा संचालनमा रहेका घुम्ती पसल सेवालाई आज आइतबार देखि बन्द गरिएका छन।

दुई घण्टा सेवामा आएका बैकहरु मा सेवाग्राहीको चहलपहलले गर्दा केही थप समस्या आउन सक्ने भन्दै बेलैमा प्रशानले ध्यान दिनु पर्ने आमनागरिकको गुनासो आएको छ।

शनिबार बसेको संघीय मन्त्रिपरिषदको बैठकले लक डाउन लम्ब्याउने बारे कुनै निर्णय नगरेको र संक्रमण थप फैलिन नदिन सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आउ–जाउ गर्न रोक लगाउने निर्णय गरेको थियो।

कन्चनपुरमा बैंकको २ घन्टे सेवा

कन्चनपुरमा बैंकको २ घन्टे सेवा

Gepostet von Dainik Sanchar am Sonntag, 5. April 2020

कन्चनपुरमा बैंकको २ घन्टे सेवा

कन्चनपुरमा बैंकको २ घन्टे सेवा

Gepostet von Dainik Sanchar am Sonntag, 5. April 2020

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

कोरोनाका कारण दुबईमा ज्यान गुमाएका गुरुङका परिवारलाई आइएमईको आर्थिक सहयोग

कैलाली, ०७ माघ । कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई आईएमई लिमिटेडले आर्थिक सहयोग गरेको छ । रोजगारीको सिलसिलामा दुबई गएका गुरुङको कोरोना...

लोकप्रिय

Shares