Wednesday, October 20, 2021

सुदूरको कला–संस्कृति संरक्षणमा सक्रीय कलौनी

महेन्द्रनग । मान्छेको पहिचान  उसको देश,कला र संस्कृति संग जोडीएको हुन्छ । जब सम्म देश,कला तथा संस्कृति रहन्छ तब सम्म उस्को पहिचान रहन्छ । तर पछिल्लो समय हामी आफ्नोे कला तथा संस्कृति बिर्सेर बिदेशी कला संस्कृतिमा रमाउने गरेका छौ ।

हाम्रा संस्कृति लोप हुने अवस्थामा छन् । अहिलेका युवायुवती तथा पछिल्लो पुस्तालाई नेपालको कला संस्कृतिको बारेमा धेरैलाई थाहा हुदैन ।

नेपालमा हजारौँ कला तथा संस्कृतिक रहेका छन् । जुन कला संस्कृतिको बारेमा हामीलाई थाहा छैन कारण हो विदेशी कला संस्कृति अपनाउनु । नेपालका हजारौँ कला संस्कृतिहरु मध्य एक हो सुदूरपश्चिमको कला संस्कृति ।

नेपालको सुदूरपश्चिम प्रदेशको आफ्नै कला,संस्कृति,भाषा रहेको छ । नेपालको अन्य संस्कृतिहरु जस्तै सुदूरपश्चिमको कला संस्कृति पनि लोप हुने अवस्थामा छन् । तर नेपाल तथा सुदूरपश्चिमको कला संस्कृतिलाई माया गर्ने एक युवा सुदूरको कला जगेर्ना गर्न निरन्तर लागि परेका छन् ।

बैतडि जिल्लाको शिबनाथ गाउँपालीका–२ शर्माली तल्लो स्वराडमा बुवा भानदेव कलौनी र आमा कमला देवी कलौनीका जेठा छोरा रुपमा वि.सं.२०५० सालमा जन्मेका प्रकाश कलौनीले आफ्नो औपचारीक शिक्षा गाउँमै गरे ।

सानैबाट कलासंस्कृतिलाई माया तथा समाज सेवा गर्ने स्वभावका कलौनी माध्यमिक शिक्षाका लागी कञ्चनपुर पुग्ये । माध्यमीक शिक्षाका क्रममा पनि कलौनी कञ्चनपुरको जागृती बाल कलवको अध्यक्ष रहि सामाजिक कार्य तथा आफ्नो कला संस्कृति जगेर्नामा निरन्तर लागिरहे ।

माध्यमिक शिक्षा सकिएपछि उच्च शिक्षाका लागी काठमाण्डौँ पुगेका कलौनीले जब सुदूरपश्चिमको गौरा पर्व काठमाण्डौको टुडीखेलमा देखे उनी अचम्ममा परे । उनले काठमाण्डौको टुडिखेलमा देखेको गौरा पर्व आफ्नो गाउँको गौरा भन्दा फरक देखेका थिए ।

कलौनी सम्झैदै भन्छन् ‘मैले काठमाण्डौको टुडिखेलमा देखेको गौरामा केही फरकपन जस्तो थियो ।’ ‘त्यसपछि मलाई सुदूरको कला संस्कृति जगेर्ना गर्न अझ केही गर्नु पर्छ भन्ने सोच आयो र यो क्षेत्रमा काम गर्न थाल्ये ।’

कलौनीले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना तथा प्रचार प्रसार गर्ने उद्देश्यले एउटा सुदुर खबर वान नामक युटुव च्यानल निर्माण गरे ।

त्यसपछि उनले सुदूरपश्चिका कला संस्कृति, भाषा, भूगोललाई समेटेर गीत निर्माण गरी च्यानलमा अपलोड गरी सुदूरको संस्कृति संम्बन्धी सबैलाई चेतना दिन थाल्ये ।

उलने हाल सम्म ‘गाडी गुडी स्वराडमा,शर्माली क्याम्पस गेट, बैतडी कि बसन्ती लाल साडीमा, डोलीमा निक्करी बसेइ, का छै मेरी पृयसी’ लगायतका बहुचर्चित डेउडा गीत निर्माण गरी अपलोड गरीसकेका छन् ।

त्यस्तै उनले संस्कृति जगेर्ना गर्ने उद्देश्यले आफ्नो च्यानलमा सुदूरका फाग, सगुन, ठाडीभाका, छलिया, हुड्केउली, गौरा, डेउडा खेलहरु पनि च्यानलमा अपलोड गर्दै सुदूरका संस्कृतिबारे ज्ञान दिदै आएका छन् ।

च्यानल लिङकः   https://www.youtube.com/channel/UCny0_bPN6HjURSSK4iPzwZw

गीतः

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय