Wednesday, October 20, 2021

नवराज कलौनीको ‘धोका दियो हाइटले’ बोलको गीत सार्वजनिक (भिडियो)

महेन्द्रनगर ।
गायक नवराज कलौनीको ‘धोका दियो हाइट’ ले बोलको गीत सार्वजनिक भएको छ ।

बिहिवार गीत युटुवमा सार्वजनिक भएको हो ।

‘धोका दियो हाइट’ बोलको गीतमा भीम बिष्ट र एलिना चौहानको स्वर रहेको छ ।

नवराज कलौनीको लिरिक्स रहेको गीतमा संगीत भीम बिष्ट र एरेन्ज रिकेश गुरुङ्ग गरेका छन् ।

टेक बहादुर शाहले निर्देशन गरेको गीतको भिडियोमा बुद्धि तामाङ, आँचल शर्मा, जिवेश गुरुङ, शर्मिला शर्मा, भीम बिष्ट र एलिना चौहान लगायतको अभियन छ ।

नवराजले केही अगाडि मात्रै पनि चर्चित गीत ‘जौ पात’ को रिमेक भर्सन बजारमा ल्याएका थिए । ‘बेहुलो सिपाही, चक्करी चक्करी, डलर, बनारसको साडी’ लगायतका गीत सर्जक हुन, नवराज ।

 

 

 

 

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय