Wednesday, October 20, 2021

नवराजको ‘जौ पात’ आउदैँ

महेन्द्रनगर । गायक नवराज कलौनीले चर्चित गीत ‘जौ पात’ को रीमेक तयार पारेका छन् ।

आईतवार पत्रकार सम्मेलन गर्दै गायक भोजराज भट्ट र गायिका इन्द्रिरा गुरुङको  ‘जौ पात’ लाई गायक भोजराज भट्टबाट लिखित अनुमती लिएर सुदूरपश्चिमको भाकामा रीमेक निर्माण गरीएको गायक कलौनीले बताए ।

उनले भने ‘चर्चित गीत ‘जौ पात’ लाई सुदूरपश्चिमको लोक भाकालाई संकलन गरी फरक शैलिमा प्रस्तुत गरेका छौ ।’

‘जौ पात’को रीमेक यही फागुन २१ गते बजारमा आउने गायक कलौनीले जानकारी दिए ।

‘जौ पात’को रीमेक राजेन्द्र भट्ट (मिस्टर आरजे)ले गरेका छन् भने, श्वर नवराज कलौनी र पुस्पा बोहराको रहेको छ ।

त्यस्तै बिक्रम चौहानले निर्देशन गरेको उक्त रीमेक गीतको भीडियोमा सिबेश लेस र पुजन घिमिरे,एल.पी. जोशी, प्रसंशा सुनारले अभिनय गरेका छन् ।

गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ लगायतका दर्जनौ गीतहरुमा श्वर दिइसकेका छन् ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय