Wednesday, October 20, 2021

आजदेखि शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव–२०७६ सुरु हुँदै

महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानिय पर्यटकीय क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तेस्रो शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव २०७६ गर्ने भएको छ ।

भीमदत्त नगरपालिको आयोजनामा सञ्चालन हुने शुक्लाफाँटा तथा झुलुङ्गे पुल पर्यटन महोत्सव– २०७६ को आज भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले उद्धघाटन गर्ने भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण कबहादुर चन्दले बताए ।

भीमदत्त नगर क्षेत्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रचार पर्यटनको प्रर्बद्धनका लागि महोत्सव आयोजना गरीएको उपाध्यक्ष चन्दले बताए ।

उनका अनुसार महोत्सवको उद्धघाटन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको घाँसे मैदानमा हुनेछ । महोत्सव फागुन ९ देखी १६ गते सम्म सञ्चालन हुने उपाध्यक्ष चन्दले जानकारी दिए ।

उपाध्यक्ष चन्दका अनुसार महोत्सव उद्घघाटनको दोस्रो दिन वन वातावरण तथा विज्ञान संकायका विद्यार्थीहरुलाई, तेस्रो दिन अपाङ्गता र सातौँ दिन जेष्ठ नागरिकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अवलोकन भ्रमण गराईनेछ ।

चौथो दिन महेन्द्रनगर बजारदेखि निकुञ्ज हुँदै झोलुङ्गे पुलसम्म साइकल -याली गरीनेछ ।

छैटौँ दिन माध्यामिक स्तरिय विद्यार्थी माँझ वक्तृत्वकला प्रतियोगिता र आठौँ दिन राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थितिमा महोत्सव समापन गरिने उपाध्यक्ष चन्दले बताए ।

महोत्ससवमा नगर क्षेत्रका विभिन्न पर्यटकिय गन्तव्यको प्रचारप्रसारका लागि पोष्टर समेत वितरण गरिने
छ ।

भीमदत्त नगरपालीकाले वि.सं.२०७६ देखी स्थानिय पर्यटन प्रर्वद्धनका लागि पर्यटन महोत्सव निरन्तर आयोजना गर्दै आएको छ ।

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय