Wednesday, October 20, 2021

मिस्टर आरजे र नवराज कलौनीको ‘बनारसको साडी’ बोलको गीत सार्वजनिक (भिडियो)

महेन्द्रनगर ।
चर्चित संगीतकार, गीतकार तथा -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र नवराज कलौनीको ‘बनारसको साडी’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलवार दिउँसो मिस्टर आरजेको अफिसियल युटुव च्यानेलबाट सार्वजनिक भएको ‘बनारसको साडी’ बोलको गीतमा
सुदूरपश्चिमको लोक भाकालाई संकलन गरी फरक शैलिमा प्रस्तुत गर्ने प्रयास गरिएको गायक नवराज कलौनीले बताए ।

गीतको शब्द संकलन गायक नवराज कलैनीले गरेका छन् भने सङ्गीत संयोजन श्यामश्वेत रसाइलीले गरेका हुन ।

यस अघि गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ बोलको गीतमा आवाज भरेका थिए । ती गीतबाट नै कलौनी चर्चित भएका हुन ।

सुदूरपश्चिमको ठेट लोक भाकालाई सबैले सहज तवरले बुझ्ने तरिकामा ढाल्नका लागि देउडा लोक भाकालाई नेपालीकरण गरिएको गायक कलौनी बताउँछन् ।

भिडियो

बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

महेन्द्रनगर । पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ । थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई...

लोकप्रिय